बुटवल। अघिल्लो वर्षहरुमा जस्तै यस वर्ष पनि पत्रकार शरण कर्माचार्यले आफ्नो पितृ श्राद्ध दिनदुखीलाई सहयोग गरेर सम्पन्न गरेकाछन्।
आफ्नो पिताको मृत्युको तिथीको दिन पारेर कर्माचार्यले बुटवल सुख्खानगर स्थित मानव सेवा आश्रममा आश्रीत बृद्दबृद्दा तथा असहायहरुलाई खाजा खुवाउंदै पितृश्राद्ध गरेका छन् । सेवा आश्रममा आश्रीत १ सय ३० जनालाई खाजा बितरण गरि कर्माचार्यले पितृकर्म गरेको मानव सेवा आश्रमकी कार्यालय प्रमुख सरु अधिकारीले बताईन्।
आर्थिक सम्पन्न ब्राम्हणलाई दक्षिणा दिनु भन्दा दिननुखीलाई सेवा गर्दा वास्तबिक पितृ सेवा हुने कर्माचार्यले बताए । उनले सडकमा मान्छे भोकै डुलिरहेको अवस्थामा अन्नलाई पिण्ड बनाएर खोलामा बगाउनुको सट्टा कुनै एक जना भोकालाई खुवाउंदा पूण्य प्राप्त हुने बताए ।पत्रकार कर्माचार्यले हरेक वर्ष आफ्नो आमा र बाबा दुबैको मृत्यु तिथी पारेर असहायलाई सहयोग गर्दै आएकाछन्।
बुटवलमा संचालनमा रहेको मानव सेवा आश्रममा १ सय ३० जना बृद्दबृद्दा र असहायहरुले आश्रय लिईरहेकाछन्।आश्रमको आफ्नै भवन निर्माण गर्ने उद्देश्यले बुटवलमा अर्को साताबाट महायज्ञ लगाउने तयारी भएको समेत सेविका अधिकारीले बताईन् ।
श्राद्ध गर्ने नयां तरीका, पितृश्राद्धमा असहायलाई खाजा
श्राद्ध गर्ने नयां तरीका, पितृश्राद्धमा असहायलाई खाजा
Advertisement
तपाईको प्रतिक्रिया