दाङ। दाङ प्रहरीले जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँ बसपार्कबाट चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको दंगिसरण गाउँपालिका १ बस्ने २४ वर्षीया चेत बहादुर पुन र सौगात घर्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्ष सुमित खड्काले जनाएका छन् ।
Advertisement
सोमबार साँझ चितुवाको छाला बोकी हिँडिरहेका छन् भन्ने सुचनाको आधारमा दाङको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको उनीहरुले बोकेको झोला खानतलासी गर्दा भित्र प्लाष्टिकको बोरामा लुकाई राखेको टाउको (बंगरा) देखि पुच्छर सम्मको पुरै भाग भएको चितुवाको छाला बरामद गरेको थिए । घटनाको बारेमा प्रारम्भिक अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।