दाङ। छोरी एञ्जिला भुसालको जन्मदिनको अवसरमा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल र श्रीमती सुशीला भुसालले बेसहारा नागरिकका लागि सहयोग गरेका छन् ।
उनीहरुले राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलीसागर सेवा आश्रमका बेसहाराका लागि सहयोग गरेका हुन् । भुसाल दम्पत्ति र छोरी एञ्जिलाले चार बोरा चामल, एक बोरा चिउरा , दश किलोग्राम नून, दश किलोग्राम दाल र पाँच लिटर तेल आश्रमलाई हस्तान्तरण गरेका हुन् । जन्मदिनमा लाग्ने खर्च बेसारा नागरिकका लागि सहयोग गर्न पाउँदा खुशी लागेको भुसाल परिवारको भनाई छ ।
अब हरेकले आफू मात्र खुशी हुने होइन, आफ्नो खुशीयाली समाजका बिपन्न र दुःखसँग संघर्ष गरिरहेकाहरुसँग साट्नुपर्ने उनीहरूको भनाई छ ।
Advertisement