माधव बेल्वासे, कपिलवस्तु (चन्द्रौटा)।कपिलवस्तु शिवराज नगरपालिका १ शिवपुरमा आयोजना गरिएको निशुल्क मनोराग सम्वन्धि शिविरमा १ सय १३ जना लाभान्वित भएका छन । सनिवार मेनिरोल नेपाल आशादिप तथा शिवपुर स्वास्थ्य चौकीको आयोजनामा भएको उक्त शिविरमा नशा टाउको तथा मनोरोग वाट ग्रसित बनेका बिरामीहरुले उपचार गराएका थिए ।
पछिल्लो समयमा विभिन्न कारणले मानिसहरु डिप्रेसन जस्ता समस्याहरुले परिवार तथा समाजलाई असर परेकोले यसलाई समयमै स्वास्थ्यकर्मी वाट सल्लाह लिनुपर्ने प्रदेश न ५ का प्रदेश सभा सदस्य अर्जुन केसीले बताउनुभयो । सवैमा केहि न केहि मनोराग रहेको भन्दै यसले परिवारलाई ठुलो असर पर्ने बताउनुभयो ।
कार्यक्रममा मेनिरोल नेपाल मनोरोग बिशिषज्ञ डा राजेश श्रेष्ठले उपचार गरे मनोरोग निको हुने दावी गर्नुभयो । समाजमा झारफुक गरे ठिक हुन्छ भन्ने अन्धविश्वास रहेकोले यसलाई निरुत्साहित गर्नुपर्ने बताउनभयो । धेरैको समस्या मृगी,डराउने, डिप्रेसन हुने जस्ता बिरामीहरुको सख्या बढी रहेकोले यसवाट मुक्त हुन आफ्नो ब्याभार समेत परिर्वतन गर्नुपर्ने बताउनुभयो ।शिवरपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले १ सय १३ जना मध्य ३४ जनालाई उपचारको लागी अन्य ठाउँमा जान सुझाव दिएको बताउनुभयो ।
निशुल्क शिविरमा १ सय १३ जना मनोरोगी लाभान्वित
निशुल्क शिविरमा १ सय १३ जना मनोरोगी लाभान्वित

Advertisement
तपाईको प्रतिक्रिया