बुटवल। रुपन्देहीको सैनामैना वन कार्यलयका सब डिभिजन वन कार्यलय प्रमुखलाई घुसहित अख्तियारले पक्राउ गरेको छ ।
Advertisement
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार घुस लिएको अवस्थामा कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई रंगेहात पक्राउ गरेको हो । उनलाई बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँ चोकबाट नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ ।
श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ।