कामना डेली, दाङ। दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा सञ्चालित प्रथम औधोगिक तथा कृषि व्यापार मेला समापनका अवसरमा कामना अनलाइनकर्मी ओमप्रकाश गुप्ता सम्मानित भएका छन् । सिसहनियाँ उद्योग वाणिज्य संघले गत पुस १७ गते देखि सुरू गरेको महोत्सवमा महोत्सव अवधीभर सुचना समाचार प्रकाशन गरि महत्त्वपूर्ण योगदान दिएको भन्दै संघका अध्यक्ष शान्तराज भण्डारी र हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्लले कदर पत्र सहित सम्मान गरेका थिए । पत्रकार गुप्ता सँगै विभिन्न व्यक्तित्वहरूलाई पनि कदरपत्रले सम्मान गरिएको थियोे भने झाँकी,कृषि स्टलका विजेताहरूलाई पुरस्कृत गरिएको थियोे । साथै विभिन्न व्यक्तित्वहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियोे ।
Advertisement