कपिलवस्तु। मायादेबी गाउँपालिकाले गाउँपालिकामा रहेका जेष्ठ नागरिकहरुलाई कम्बल बितरण सुरु गरेको छ । तराई क्षेत्रमा शीतलहर बढ्दै गए पछि गाउँपालिकाले स्थानिय जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको हो । आइतबार एक कार्यक्रमको आयोजना गरी वडा नम्बर २ अभीरावमा रहेको २९५ जेष्ठ नागरिकलाई कम्बल बितरण गरिएको गाउँपालिका अध्यक्ष बजरंगी कुर्मीले सबै गाउँपालिकाकासीलाई चिसोबाट जोगिन आग्रह गरे । उनले अहिले तराईमा शीतलहरका प्रकोप बढेको र यसबाट जेष्ठ नागरिक बढी प्रभावित हुने हुदा प्रभावकारी उपाय अपनाउन आग्रह गरेका हुन् । गाउँपालिकाले जति प्रयास गरे त्यो सबैको लागी नहुने बताउदै यसको लागी स्थानिय स्तरबाट नै सहकार्य हुनु पर्ने उनले बताए ।
गाउँपालिकाले बिगतका बर्षहरुमा पनि कम्बल बितरण गर्दै आएको र यस बर्ष पनि प्रत्येक वडामा कम्बल बितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थीले जानकारी दिए । उनले गाउँपालिकाका सबै वडामा कम्बल बितरण गरिने बताए । मायादेबी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सरफुदिन मुसलमानको अध्यक्षता, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका योजना शाखा प्रमुख कृष्णा तेली लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव भिमनाथ शर्माले गरेका थिए ।
मायादेबीमा जेष्ठ नागरिकलाई कम्बल बितरण
मायादेबीमा जेष्ठ नागरिकलाई कम्बल बितरण
Advertisement
तपाईको प्रतिक्रिया