ओमप्रकाश गुप्ता, सिसहनियाँ । सिसहनियाँ उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित प्रथम औधोगिक कृषि तथा व्यापार मेलामा सोमबार १२ औँ दिनमा पनि बेस्सरी झुम्यो।
Advertisement
थारु गयक दोषहरण चौधरी र बसन्ती चौधरीको आई साली आई मेला हेरे आई , बैठल बैठल चुटरा पिराई , जोरसे बजैबुं मन्दरा , लागि टे लागि, कलट्टर भर रुपिया लगायत गीत गाउँदा महोत्सवमा सहभागी दर्शकहरुको हुटिङ र नृत्यले महोत्सवमा रौनकता थपिएको थियो । थारु समुदायका युवायुवतीहरु बढी मात्रमा झुमेका देखिन्थे र पहाडी समुदायका युवा युवतीहरु प्नि नाचेर साथ दिएका थिए । उनीहरुको प्रस्तुतीमा मञ्चमा आसिन अतिथिहरु समेत नाचेका थिए ।