ओमप्रकाश गुप्ता, सिसहनियाँ । देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा रहेको अादर्श नमुना माविमा विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ को आयोजना एवम् तिनाउ इन्टरनेशनल हस्पिटल प्रालि बुटवलको प्राविधिक सहयोग र स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको)को समन्वयमा शिविरको अायोजना गरिएको थियोे ।
शिविरमा १ सय ८० जना भन्दा बढी सेवाग्राहीले सेवा लिएका थिए । शिविरमा हाडजोर्नी ,नशा रोग,महिलाहरूमा देखा पर्ने रोग,बाल रोग लगायत सामान्य विरामीहरूले सेवा लिएका थिए । शिविरमा जनरल सर्जन डा.संजय कुमार,न्युरो सर्जन डा.पवनकुमार श्रेष्ठ ,स्त्री रोग विशेषज्ञ डा.अखिलेश्वर चाैधरी,मेडिकल अधिकृत डा. प्रकाश र नेशनल प्याथ ल्यापका अध्यक्ष रूद्र कार्की लगायतले सेवा दिएका थिए ।
वडा अध्यक्ष जगतबहादुर थापाको अध्यक्षता एवम् प्रदेश नम्बर ५ की प्रदेश मामिला तथा कानुन समितिका सभापति दामा शर्माको प्रमुख अातिथ्यतामा भएको शिविर उदघाटन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी ,उपाध्यक्ष जगदम्बाकुमारी चाैधरी,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य नारायणी शर्मा , नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राप्ती गाउँपालिकाका अध्यक्ष धर्मराज अधिकारी ,राष्ट्रिय जनमोर्चाका राप्ती गाउँपालिका अध्यक्ष केशवराज खनाल, ३ नम्बर वडा अध्यक्ष चन्दर चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वडा सदस्य बसन्त नेपालीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन वडा सचिव दामोदर पोख्रेलले गरेका थिए ।
लालमटियामा विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर
लालमटियामा विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिविर

Advertisement
तपाईको प्रतिक्रिया