• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, जेठ २७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति कार्यक्रमको मेरुदण्ड

रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै

पाल्पाको रिमिघा लेकमा भेटिएको बस्तु यार्सागुम्बा पुष्टि

नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक

काठमाडौंमा अब ट्याङ्करको भरमा बस्नुपर्दैन : खानेपानीमन्त्री यादव

शङ्खधर साख्वाधर पार्कको उद्घाटन

तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

घोराही कारागारमा बायोग्यास उत्पादन सुरु

‘दुःख सुनाएर के काम ?’

लोकप्रिय समाचार

  • १. स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

  • २. गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

  • ३. प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

  • ४. शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

  • ५. प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

  • ६. पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

  • ७. साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

  • ८. ‘दुःख सुनाएर के काम ?’

  • ९. घोराही कारागारमा बायोग्यास उत्पादन सुरु

  • १०. तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

जिस्क्याए १० लाख जरिवाना


  •   सोमबार, पुष २१, २०७६ मा प्रकाशित
  • काठमाडौं। सूचना प्रविधि विधेयकले ‘सामान्य’ अपराध र प्रचलित कानुनले गम्भीर प्रकृतिका अपराधमा तोक्ने सजायमा असंगति देखिएको छ। सामान्य प्रकृतिको अपराधमै विधेयकले १० गुना बढी जरिवाना प्रस्ताव गरेको छ।

    Advertisement

    मुलुकी फौजदारी संहिताले हाडनाताभित्रको करणीमा ४० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने भन्छ। विधेयकअनुसार भने कसैले कसैलाई जिस्क्याए पनि १० लाख रुपैयाँसम्म जरिवानाको भागिदार बन्नुपर्ने अवस्था छ।संहिताको दफा २२० ले सौतेनी आमाछोरा वा बाबुछोरी, सहोदर दिदीभाइ वा दाजुबहिनी, एकै हाँगाको ससुराबुहारी, एकै हाँगाको बाजेनातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवरभाउजूबीच करणी भए चार वर्षदेखि १० वर्षसम्म कैद र ४० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना भन्छ। विधेयकको दफा ८३ अन्तर्गत ‘साइबर बुलिङ गर्न नहुने’ खण्डमा कसैले विद्युतीय प्रणालीको प्रयोग गरी अर्को व्यक्तिलाई हैरानी गर्ने, जिस्क्याउने, होच्याउने, हतोत्साहित गर्ने, अपमान गर्ने कार्य गरे कसुरको मात्रा हेरी १० लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ।

    विधेयकको जरिवाना अंकमा तादात्म्य देखिँदैन भने सामान्य कसुरमा पनि चर्को जेल सजाय तोकिएको छ। संहिताले कसैलाई यौन दुव्र्यवहार गरे तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँँसम्म जरिवाना हुने भनेको छ। दफा २२४ मा यस्तो व्यवस्था छ। कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरीबिना करणीका आसयले समाते वा निजको संवेदनशील अंग छोए वा छुन प्रयास गरे, निजको भित्री पोसाक खोले वा खोल्ने प्रयास गरे, निजले लगाउने भित्री पोसाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधाअवरोध गरे वा निजलाई अस्वाभाविक रूपमा कुनै एकान्त ठाउँमा लगे, यौनसम्बन्धी आफ्नो अंग निजलाई छुन, समाउन लगाए, निजसँग अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा सांकेतिक रूपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरे, अश्लील चित्र वा तस्बिर देखाए, यौनका आसयले जिस्क्याए वा हैरानी दिए वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरे निजले यौन दुव्र्यवहार गरेको मानिने भनिएको छ। अश्लील चित्र वा तस्बिर देखाए, यौनका आसयले जिस्क्याए, हैरानी दिए, निजसँग अस्वाभाविक र अमर्यादित व्यवहार गरे पनि संहिताले यौन दुव्र्यवहार भनेको छ। संहितामा यी अपराध प्रत्यक्ष क्रियाकलापमा आधारित हुन्।

    विधेयकको दफा ८७ ले कसैले विद्युतीय प्रणालीका माध्यमबाट मात्रै पनि यौनशोषणको मनसाय राखे, त्यस्तो मनसायसहित प्रस्ताव राखे वा भेट्न खोजे वा प्रलोभन देखाएर उक्साए कठोर दण्डसजायको व्यवस्था गरेको छ। विधेयकले यस्तो कसुरको मात्रा हेरी १० लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद वा दुवै सजाय हुने भनेको छ। वैयक्तिक विवरण संकलन गर्न नहुने, गोपनीयता भंग गर्न नहुने, कसैको अनुमतिबिना कसैको सूचना, फोटो र नक्सा लिन नहुनेजस्ता प्रावधानसहित कडा दण्डसजायको व्यवस्थासमेत विधेयकमा छ।

    फौजदारी कानुनका विज्ञ वरिष्ठ अधिवक्ता लवकुमार मैनालीले विधेयकका व्यवस्था र संहिताका व्यवस्थामा तादात्य नदेखिएको बताए। ‘विधेयकका व्यवस्थामा एकरूपता देखिँदैन’, मैनालीले अन्नपूर्णसँग भने, ‘मनसाय मात्र राखेको कसुर र प्रत्यक्ष गरेको कसुरको दण्डसजाय फरक हुनुपर्छ। यहाँ त मनसाय मात्र राखेको कसुरमा बढी र प्रत्यक्ष घटनामा संलग्न रहेको कुरामा कम सजायको अवस्था देखियो। कानुनमा समानता देखिनुपर्छ। पूर्वाग्रही देखियो।’ दुई कानुनबीच तादात्म्यका लागि पुनर्विचार हुने आशा उनले व्यक्त गरे।

    अन्नपूर्णपोष्ट बाट

    सोमबार, पुष २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला

    लोकप्रिय

    • १.
      स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

    • २.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    • ३.
      प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले

    • ४.
      शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

    • ५.
      प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

    • ६.
      पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

    भर्खरै

    • १.
      कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति कार्यक्रमको मेरुदण्ड

    • २.
      रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै

    • ३.
      पाल्पाको रिमिघा लेकमा भेटिएको बस्तु यार्सागुम्बा पुष्टि

    • ४.
      नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक

    • ५.
      काठमाडौंमा अब ट्याङ्करको भरमा बस्नुपर्दैन : खानेपानीमन्त्री यादव

    • ६.
      शङ्खधर साख्वाधर पार्कको उद्घाटन

    • ७.
      तुलसीपुरमा स्कुल बस र यात्रुबस ठोक्किँदा दुईको मृत्यु, ३० बढी घाइते

    • ८.
      घोराही कारागारमा बायोग्यास उत्पादन सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation