कामना डेली, प्युठान। पहाडी जिल्लाका अग्ला लेकहरुमा हिमपात सुरु भएको छ। प्युठान सहित सल्यान र रोल्पाका अग्ला लेकहरुमा आज बिहानैदेखि हिमपात सुुरु भएको हो ।
हिमपातसंगै चिसो पनि अहिले बढ्दै गएको छ ।चिसोले यहाको जनजीवन प्रभावीत भएको छ। प्युठानको गौमुखी र नौबहिनीका अग्ला चुचुराहरु हिमपातले सेत्ताम्मे भएका छन। त्यस्तै,सल्यानको खर्सुबास, बुराँसे, पातिहाल्न, मखलाम, बाफुखोला, कुमाख, निगाल्चुला लगाएतका लेक र त्यस अासपासका भु-भागमा हिमपात भएको छ । त्यसैगरी सल्यानसँग भु-भाग जोडिएको रोल्पा गंगादेव गाउँपालिकाको झ्याम, मनिमारे, घोप्टेओडार, लामाचौर, नाउली, ओत लगाएतका गाउँहरुमा पनि हिमपात भएको छ । रोल्पाको थवाङमा पनि हिमपात भएको स्थानियले बताए। चिसोका कारण बजारमा चहलपहल खासै देखिएको छैन । गतवर्ष माघ महिनाको दोस्रो साता हिमपात भएको यो क्षेत्रमा यसवर्ष भने पुस महिनामै हिमपात सुरु भएको हो ।
प्युठान सहितका पहाडी जिल्लामा हिमपात,चिसोले जनजीवन प्रभावीत
प्युठान सहितका पहाडी जिल्लामा हिमपात,चिसोले जनजीवन प्रभावीत
Advertisement
तपाईको प्रतिक्रिया