नेपालगन्ज। बाँकेको नेपालगञ्जस्थित कारागारका महिला बन्दीहरू आन्दोलनमा उत्रिएका छन् ।
Advertisement
चौकीदार र कारागार व्यवस्थापनले गुणस्तरीय खाना नदिएको आरोप लगाउँदै यहाँका महिला बन्दीहरू शुक्रबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
कारागारका चौकीदारलाई महिला बन्दीले बन्दी गृहमै थुनेर राखेको कारागारका निमित्त जेलर दीपेन्द्र पौडेलले बताए ।
पौडेलका अनुसार चौकीदारलाई जेल प्रशासनसँग भेट्न पनि दिएका छैनन् ।निमित्त जेलर पौडेलले आजै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई घटनाबारे जानकारी गराएका थिए।
यसअघि पुरूष बन्दीले आन्दोलन गरेका कारण जेलर, चौकीदारलगायतका कर्मचारीको सरूवा गरिएको थियो।गत मङ्सिरको दोस्रो साता बाँके कारागार जेलरविहीन भएको थियो।