बुटवल । रुपन्देहीमा धारिलो हतियार प्रहार गरी एकजना महिलाको हत्या भएको छ । जिल्लाको तिलोत्तमा–१० की ५५ वर्षीया कमलादेवी परियारको धारिलो हतियार प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहिले जानकारी दिएको छ। स्थानीय कान्छी बजारकी स्थायी बासिन्दा परियारको सोही ठाउँका विकास गुरुङले घाँटीमा चक्कु प्रहारद्वारा हत्या गरेको प्रहरीले जनाएको छ । घर नजिकै प्लटिङको जग्गामा खर काट्दै गरेका बेला गुरुङले परियारमाथि छुरा चलाएका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी भीमलाल भट्टराईले हत्या गरेर भाग्दै गरेका गुरुङलाई प्रहरीले पिछा गरेर पक्राउ गरेको जानकारी दिए ।
Advertisement