• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

जब किशोरीले मुख्यमन्त्रीसँग ‘बिहे रोकिदिनुस्’भनिन्


  •   शनिबार, मङि्सर २८, २०७६ मा प्रकाशित
  • काठमाडाैं। लुम्बिनी सांस्कृतिक नगरपालिकाकी १६ वर्षीया पुष्पा हरिजन ११ कक्षाकी छात्रा हुन् । छोरीको बिहे गरिदिने सुरमा अभिभावक छन् । पुष्पा विवाह गर्न मानिरहेकी छैनन् । अभिभावकको कुरा नमान्दा उनी दुर्व्यवहार सहन बाध्य छिन् । पुष्पालगायत प्रदेश ५ का धेरै किशोरी बिहीबार मुख्यमन्त्री शंकर पोखरेललाई भेट्न यहाँ आए ।‘घरभित्रै असुरक्षित छु । मेरो सुरक्षा कसले गर्छ,’ मुख्यमन्त्रीसित पुष्पाले भनिन, ‘बिहे गर्न नमान्दा बुबा र दाजुले कुट्नुहुन्छ । आफन्तले गाली गर्छन् ।’ उनले मुख्यमन्त्री पोखरेललाई शरीरका नीलडाम देखाइन् । ‘यी घाउ निको होलान्,’ उनले भनिन्, ‘मैले भोगेको पीडामा कमी छैन ।’
    बाँकेको खजुराकी १४ वर्षीया चेतना केसी १० कक्षामा पढ्छिन् । भविष्यमा चिकित्सक बन्ने धोको सुनाइन् । बुबाआमा उनलाई पढाउन मान्दैनन् । बिहेको तयारीमा छन् । ‘म पढ्न चाहन्छु,’ उनले सुनाइन्, ‘मेरो बिहे रोकिदिनुस् ।’ चेतनाकी साथी मीना पासीको गत वर्ष १५ वर्षको उमेरमा विवाह भयो, लगत्तै गर्भवती भइन् । बच्चा जन्माउन नसकेर केही महिनाअघि उनको मृत्यु भएको चेतनाले बताइन् । ‘त्यही घटना सम्झेर डराउँछु,’ उनले भनिन्, ‘त्यसैले विवाह गर्न चाहन्नँ ।’ खजुराकै गीता मिश्रको १४ वर्षमै बिहे भयो । १५ वर्षमा पतिको घर गइन् । त्यहाँ पाएको यातना सहन नसकेर झुन्डिएर आत्महत्या गरेको चेतनाले सुनाइन् । ‘मुख्यमन्त्रीज्यू, मेरो गाउँमा धेरै बालिकाको अवस्था यस्तै छ,’ चेतनाले भनिन् ।
    कानुनले बिहेबारी २० वर्षपारि व्यवस्था गरेको छ । बालविवाह गराउने अभिभावकलाई सजाय हुन्छ । तर यहाँका गाउँमा बिनारोकटोक बालविवाह भइरहेको छ । यसले पढ्ने अधिकार खोसिएको छ । स्वतन्त्र र आत्मनिर्भर हुने सपना गुमेको छ । विवाह गर्न नमान्नेलाई परिवारबाट असुरक्षा छ । यस्तै पीडा पोख्न बाँके, बर्दिया, दाङ, रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका ४० बालिका मुख्यमन्त्री निवासमा आएका थिए ।
    त्यहाँ उनीहरूले मुख्यमन्त्रीसँग छलफल गरे । पीडा र वेदना सुनाए । रूपन्देहीको कोटहीमाईकी मीना हरिजनले बालविवाहले अलपत्र परेको गुनासो गरिन् । ‘मेरो १२ वर्षमा बिहे भयो । अहिले १६ वर्षकी भएँ । केटाले अर्कै घरजम गर्‍यो,’ उनले भनिन्, ‘केटो लैजान्न भन्छ । बुबाआमा त्यही घर जा भन्छन् । म के गरूँ ?’ बिहीबार उनीजस्तै बालविवाहले अलपत्र सात किशोरी आएका थिए ।बाँके र बर्दियाका अभिभावकले केही समयअघि १६ वर्षमै छोरीको बिहे गर्न पाउनुपर्ने मागसहित जुलुस निकालेका थिए । बालविवाहको विरोध गर्नेलाई कुट्ने निर्णय गरेका छन् । यसबाट बालिका त्रसित छन् । आफ्नै अभिभावक र संरक्षक विपक्षमा भएकाले गाउँमा असुरक्षित महसुस गरेका छन् । यसबाट चिन्तित बालिकाले यसअघि त्यहाँका स्थानीय तह, प्रहरी र जिल्ला प्रशासनमा सुरक्षा माग गर्दै ज्ञापनपत्र बुझाए । सुनुवाइ नभएपछि समूह बनाएर मुख्यमन्त्री भेट्न आएका हुन् । ‘बिहे रोक्न खोज्दा बुबाआमाले कुट्छन् । गाउँलेले नेता बने बलात्कार गरेर फाल्छौं भन्छन् । प्रहरीले पनि यस्ता काममा नलाग हामी सुरक्षा दिन सक्दैनौं भन्छ,’ बाँकेकी उषा शाहीले गुनासो गरिन्, ‘त्यसैले सुरक्षा माग्न यहाँ आएका हौं ।’पाँच वर्षदेखि अभियानमा लागेका बालिकाले विभिन्न जिल्लामा बालविवाहविरुद्ध हस्ताक्षर संकलन गरेका थिए । करिब ५० हजार हस्ताक्षर पनि मुख्यमन्त्रीलाई बुझाए । बालविवाह रोकथाम र कानुन कार्यान्वयन गर्न प्रदेशस्तरमा सशक्त अभियान सञ्चालन गर्नुपर्ने मागसहित ८ बुँदे ज्ञापनपत्रसमेत बुझाए । त्यसमा प्रदेशले रणनीति बनाएर क्रमश: बालविवाह मुक्त जिल्ला घोषणा गर्नुपर्ने, बाल क्लब तथा किशोरी अधिकार मञ्चलगायतको समन्वयमा बालविवाह रोकथामको रणनीति, नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने माग गरे ।

    Advertisement

    बालविवाहका कारण पढ्न नपाएका बालिकालाई शिक्षा तथा सीपको व्यवस्था गर्न र बालिकाका गुनासा सुन्न हरेक विद्यालयमा लैंगिक सम्पर्क व्यक्ति तोकिदिनसमेत आग्रह गरे । दुई घण्टा बालबालिकाका प्रश्न र गुनासा सुनेपछि मुख्यमन्त्री पोखरेलले बालविवाह, बाल दुर्व्यवहारलगायतका हिंसा रोक्न र अधिकार संरक्षण गर्न प्रतिबद्ध रहने बताए । ‘कानुनले रोकेको छ । तैपनि धर्म, संस्कृति र परम्पराका नाममा बालविवाह भएको छ,’ उनले भने, ‘तपाईंका समस्या जटिल छन् । विश्लेषण गरेर समाधानको बाटो खोज्नेछु ।’ बालविवाह र हिंसा रोक्न बालिकासँगै अभिभावकमा पनि चेतना ल्याउनुपर्ने उनले सुनाए । कान्तिपुर दैनिकमा खबर छ ।

    शनिबार, मङि्सर २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation