प्यूठान । प्यूठानमा बिहिबार एक महिलाको शव फेला परेको छ । जिल्लाको झिम्रुक गाउपालिका–६ निनिखर्क स्थित बतासे डाँडामा स्थानीय ४१ वर्षीया निर्मला जिसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिनुभयो । बाटोमा शव फेला परेको उहाको भनाई छ।
जिसी बुधबार घरबाट निस्केकी थिइन । दुइ दिनसम्म घर नआएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले खोजी गर्नेक्रममा बिहिबार दिउँसो उनको शव फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।
Advertisement