सुरज भट्टराई,देवदह। रुपन्देहीको देवदह ५ खैरेनीमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । स्थानिय लोकेश्वर शिव पञ्चायतन मन्दिर परीसरमा सुरु महायज्ञ आउँदो २६ गते सम्म संचालन गरिने छ। प्रमुख अतिथि १००८ स्वामी बिबेकानन्द स्वरसती महाराज र प्रदेश नं ५ का प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपानेले संयूक्त रुपमा महायज्ञको उद्घाटन गर्नुभयो । महायज्ञको पहिलो दिन बुधबार कलश यात्रा निकालियो । महायज्ञस्थल( श्री लोकेश्वर मन्दिर)बाट शित्तलनगर दुर्गा मन्दिर परिसर पुगि पुन महायज्ञस्थलमा कलश यात्रा गरिएको थियो । मन्दिर परीसरमा निर्माण हुन लागेको जेष्ठ नागरीक मिलन केन्द्रको भौतिक संरचना निर्माण सहयोगार्थ महायज्ञको आयोजना गरिएको देवदह आध्यात्मिक प्रतिष्ठानको अध्यक्ष रुद्रमान ढकालले बताउनुभयो । पुर्वीय संस्कृतीको संरक्षण र धार्मिक चेतना विस्तारमा महायज्ञले महत्वपुर्ण भुमिका खेल्ने आयोजकको विश्वास छ । महायज्ञबाट संङ्कलित रकमबाट संस्कृत पाठशाला निर्माण गर्ने योजना पनि रहेको बताईयो । महायज्ञमा पण्डित पुरुर्षोत्तम बस्यालले कथा वाचन गर्ने बताईएको छ। महायज्ञको उद्घाटन कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिरा केशी , सामजसेवी गोपाल ढकाल , बासुदेव रिमाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
देवदहमा जेष्ठ नागरिक भवन बनाउन महायज्ञ
देवदहमा जेष्ठ नागरिक भवन बनाउन महायज्ञ

Advertisement
तपाईको प्रतिक्रिया