अनिल खत्री, गुल्मी । गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दुर्घटनामा बेपत्ता भएका एक जनाको शब फेला परेको छ । दुर्घटनामा इस्मा गाउँपालिका–४ बस्ने ६५ वर्षिय धनबहादुर कार्की शब फेला परेको प्रहरीले जनाएको छ । दुर्घटनामा बेपत्ता भएका कार्कीको शब दुर्घटना स्थल भन्दा केहि तल खोलामा बुधवार भेटिएको हो । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा दुर्घटनामा परको थियो ।दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेका छ । जीप दुर्घटनामा १ जना बच्चा सहित १४ जनाको घटना स्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परेर ३ जना गमभीर घाइते भएका थिए । उनिहरुको थप उपचारको लागि हेलिकप्टर मार्फत मंगलवार नै काठमाडौं लगिएको छ । गुल्मीको इस्मा बाट २४ जना जीपमा सवार रहेको र बिचमा प्रहरीले केहिलाई गाडीबाट झारेर अर्को गाडीमा सवार गरेको बताइएको छ । दुर्घटनामा परेको जीपमा १८ जना सवार रहेको बताइएको छ । दुर्घटनामा मृत्यु भएको शोकमा इस्मा गाउँपालिकाले बुधवार सार्बजनिक बिदाम समेत दिएको छ । जिपमा सवार सबै गुल्मीबाट कुल पुजाका लागि बाग्लुङको निसीखोला गाउँपालिका हिडेका थिए ।घाइतेहरुलाई हेलिकप्टर मार्फत काठमाडौं पठाईएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकालाई लिन दुर्घटना स्थल पुगेका गुल्मी क्षेत्र नं २ का सांसद एवं पुर्व मन्त्री गोकर्ण विष्टले हेलिकप्टरबाट घाईतेलाई काठमाण्डौं लगेका थिए ।पुर्व मन्त्री विष्टले घाइतेको उपचारमा सरकारले कुनै कसुर बाँकी नराख्ने बताउँदै दुर्घटनाले गुल्मीलाई स्तब्ध बनाउनुका साथै अपुरणीय क्षती पुगेको बताए ।
मुख्यमन्त्री द्धारा दुख ब्यक्त
इस्माबाट बाग्लुङको निसीतर्फ जाँदै गरेको लु १ ज ५२१९ नम्बरको जीप यही मंसिर १७ गते बाग्लुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा दुर्घटना हँुदा १४ यात्रुको निधन भएको र तीन जना गंभीर घाईते भएको खबरले स्तब्ध बनाएको प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलद्धारा जारी शोक बिज्ञप्तीमा उलेख्ख छ । दुर्घटनामा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको उल्लेख छ । सार्थै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको मुख्यमन्त्रीद्धारा बिज्ञप्तीमा उल्लेख छ । दिनप्रतिदिन बढिरहेको सडक दुर्घटनाले नागरिकको ज्यान जोखिममा पर्दै गएको छ । बढ्दो सडक दुर्घटनालाई न्युनिकरण गर्न सरकार संवेदनशील छ । सडकको क्षमताभन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही, सवारी साधनको अवस्था लगायत विविध कारणले दुर्घटना भइरहेकाले दुर्घटना न्युनिकरणका लागि सबै पक्ष संवेदनशील हुन आवश्यक रहेको उल्लेख गरिएको छ । दुर्घटनाको कारण पत्ता लगाएर आगामी दिनमा त्यस्ता कम्जोरी हुन नदिन सबै पक्षको सहयोग आवश्यक मुख्यमन्त्रीको शोक बिज्ञप्तीमा उल्लेख छ । प्रदेश सरकारले दुर्घटना न्युनिकरणका लागि सडक सुरक्षा कार्यक्रम अघि बढाएको छ ।यो अभियानलाई सफल बनाउन स्थानीय तह, प्रहरी,यातायात व्यवसायी, मजदुर लगायत सबै सरोकारवाला निकायको एकताबद्ध र सार्थक पहलकदमी आवश्यक उल्लेख गरिएको छ ।