• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

कपिलवस्तुमा उपनिर्वाचनको तयारी पुरा,सुरक्षा व्यवस्था कडा


  •   शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,चन्द्रौटा। कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० लालपुरमा हुने उप निर्वाचनको तयारी पुरा भएको निर्वाचन कार्यलय कपिलवस्तुले जनाएको छ । वडा न १० को लालपुर र शितलापुर गरी दुई आधारभुत विद्यालयलाई मतदान स्थल तोकिएको छ भने मतदान केन्द्र भने तिन वटा निर्धारण गरिएको छ ।
    शिवराज नगरपालिका वडा न १० मा २ हजार ७२ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यलय कपिलवस्तुले जनाएको छ । शितलापुरमा ९०४ ,लालपुरमा ११६८ मतदाता रहेका छन । शनिवार हुने उपनिर्वाचनमा लागी खटिएका कर्मचारीहरु मतदान केन्द्र व्यावस्थापन गर्न व्यस्तता वढेको छ । निर्वाचन आयोगले खटाएका कर्मचारीहरुले निर्वाचनको अघिल्लो दिन आज मतदाता परिचय पत्र लैजान वाकि रहेका मतदातालाई परिचय पत्र वितरण गरिएको थियो ।
    उपनिर्वाचनका लागि ३ जना मतदान अधिकृत, ३ जना सहायक मतदान अधिकृत ६ जना साहयक कर्मचारी, ३ जना सहयोगी गरी १५ जना कर्मचारी खटाईएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख अयोध्य प्रसाद भण्डारीले जानकारी दिनुभएको छ । बिहान ७ बजेबाट बेलुकी ५ बजेसम्म मतदान हुनेछ । मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय बलेटक्सारमा संकलन गरेर जनाइएको छ ।
    प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठको संयोजक्त्वमा सुरक्षा व्यवस्था गरिएको छ । मतदातालाई ठुक्क भएर मतदान गर्न जिल्ला निर्वाचन कार्यलय अपिल समेत गरेको छ । सुरक्षा लागि नेपाल प्रहरी, शसस्त्र,अनुसनधान र नेपाली सेना खटिएका छन् । प्रमुख जिल्ला अधिकृत श्रेष्ठले ढुक्क भएर मतदानमा प्रक्रियामा सहभागी हुन मतदातालाई आग्रह गर्नुभएको छ । निर्वाचनलाई शान्तिपूर्ण भय रहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी पुरा भएको जानकारी दिनुभएको छ । निर्वाचन प्रयोजनका लागि पास उपलब्ध गराइएका सवारी सधान बाहेक अन्यलाई निर्वाचनको अबधीभर चलाउन नपाइने सुरक्षा अधिकारीको भनाई छ । वडा न १० क्षेत्रको चारै तर्फ सुरक्षाकर्मीलाई खटाइएको छ । मतगणना सनिवार वाटै हुन सक्ने सम्भावना रहेको निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन कार्यलय चन्द्रौटा परिसरमा मतगणना गरिने निर्वाचन अधिकारी भण्डारीले जानकारी दिनुभएको छ ।
    निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका अदालत मनियार,नेपाली काग्रेसका देवराज भारती,समाजवादी पार्टी नेपालका तिरथ वहादुर रायमाझी,राजपा वाट मन्जु मिश्र लागएत १२ जनाको उम्मेदवारी रहेको । शकुन्तला भारतीको निधन भएका कारण उक्त वडामा अध्यक्ष पदको लागी निर्वाचन हुन लागेको हो ।

    Advertisement

    शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    दुःखमा हात बढाउने गाउँ
    आमाको सम्झनामा वडाबासीको न्यूनतम विद्युत् महसुल अध्यक्ष पोख्रेलले व्यहोर्ने
    सापडाडाका अशक्त दिलिपलाई घरमै पुगेर नागरिकता

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation