अनिल खत्री, गुल्मी । मंसिर १४ मा हुने उपनिर्वाचनमा गुल्मीमा रहेका दलहरु र सरकोकारवाला निकायहरुसँग निर्वाचन आचार संहिता बारे छलफल गरिएको छ । रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन हँुदैछ ।जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा शुक्रवार जिल्ला प्रशासन कार्यालय गुल्मीमा क्रियाशिल दलहरु सुरक्षा निकाय र सरोकारवाला निकायसँग छलफल भएको हो । निर्वाचनमा दलहरुले पालना गर्नु आचार संहिता बारे जिल्ला निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले जानकारी गराएका थिए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले निर्वाचनको क्रममा हालसम्म भएका कामहरु र अबस्थाको बारेमा जानकारी गराएका थिए । निर्वाचनमा आचार संहिता र हालको अबस्था बारे मुख्य निर्वाचन अधिकृत पौडेलले सरोकारवाला निकायहरुलाइ जानकारी गराएका थिए । निर्वाचनको लागि मतदाता शिक्षा प्रदान गर्न मंसिर ५ बाट २ जना मतदान हुने स्थानमा खटिएको पोखरेलले बताए ।
मतदाता शिक्षा कर्ताले मतदान कसरी गर्ने लगायतका शिक्षा प्रदान गर्ने कार्य गरिरहेको पोखरेलको भनाई छ । निर्वाचनमा गत साउन १६ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका मतदाताले मात्रै मतदान गर्न पाउने छन् । अघिल्लो र्निाचनमा मतदानको लागि परिचयपत्र पाएकालाई यसपटक भने नयाँ बितरण नहुने बारे जानकारी गराइएको थियो । नयाँ दर्ता भएकाले मात्रै मतदाता परिचयपत्र पाउने जिल्ला निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए । निर्वाचनलाई शान्तिपूर्ण भय रहित वातावरणमा सम्पन्न सुरक्षा रणनितिबारे जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी गराएका थिए ।
शान्तिपूर्ण बातावरणमा निर्वाचनलाई सम्पन्न गर्न दलहरु लगायत सरोकारवालाहरुको सहयोग जरुरी रहेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । वडा अध्यक्ष पदका लागि ३ जना उम्मेदवारले चुनावी मैदानमा छन् ।निर्वाचनमा नेकपा र नेपाली काँग्रेस र १ जना स्वतन्त्र उम्मेदवार रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गिरिप्रसाद सिन्जाली र नेपाली काँग्रेसबाट बेदप्रसाद दर्लामी चुनावी मैदानमा छन् । त्यस्तै सोहि वडाको वडा अध्यक्ष पदका लागि मनबहादुर दर्लामीले स्वतन्त्र उम्मेदर रहेका छन् । वडामा २ हजार ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । निर्वाचनको लागि एउटा मतदान केन्द्रमा दुइवटा स्थल राखिएको छ ।
गुल्मीमा निर्वाचन आचारसंहिता बारे दलहरुसँग छलफल
गुल्मीमा निर्वाचन आचारसंहिता बारे दलहरुसँग छलफल
Advertisement
तपाईको प्रतिक्रिया