• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

कफीको उद्गगम जिल्ला गुल्मीमा मनाईयो ‘कफी दिवस’


  •   आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा १५ राष्ट्रिय कफी दिवस गुल्मीमा बिबिध कार्यक्रम गरेर मनाइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा ‘आर्थिक समृद्धिका लागि किसानको हात, गुणस्तरीय कफी रोपणमा हामी सबैको साथ’भन्ने नाराका साथ कफी दिवस जिल्ला सदरमुकाम तम्घासमा बिबिध कार्यक्रम राखिएको थियो ।बिसं १९९५ सालमा हिरा गिरीले बर्माबाट ल्याएको कफीको बिउ गुल्मीको आपचौरमा रोपण गरेपश्चात नेपालमा कफी खेती सुरुवात भएको पाइएको हो । यस वर्षमा नेपालमै कफी खेती सुरुवात भएको जिल्ला गुल्मीमै केन्द्रिय कार्यक्रम राखेर कार्यक्रम गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक दीपक खनालले बताए । दिवसको उदघाटन परराष्ट्रन्त्री प्रदीपकुमार ज्ञवालीले कफीको बोटमा पानी राखेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कफी दिबसको अबसरमा कफी प्रथम राष्ट्रिय कफी कपिङ प्रतियोगितामा १३ वटा जिल्लाका १५ वटा स्याम्पल रहेको प्रतियोगिहरु मध्येबाट प्रथम, द्धितृय र तृतिय हुनेहरुलाई पुरस्कृत गरिएको थियो । गुल्मीबाट कफी खेतीको सुरुवात भएपनि स्याङजामा सबैभन्दा धेरै कफी रोपण गरिएको पाइएको छ । जहाँ ३२४ हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको छ ।स्याङजा पश्चात काभ्रेमा र नुवाकोटमा कफी रोपण गरेको तथ्याङक रहेको खनालले प्रस्तुत गर्नुभएको छ । बोर्डले गरेको अध्ययनले नेपाल भर करिब ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने अध्ययन गरेको थियो ।त्यसमध्ये ६१ हजार २२८ हेक्टर क्षेत्रफलमा कफी खेतीका लागि उत्तम देखिएको निमित्त कार्यकारी निर्देशक दीपक खनालले बताए । नेपाल भर हाल २७६१ हेक्टर क्षेत्रफलमा कफीखेती हुदै आएको तथ्थयाङ्कमा उल्लेख छ । नेपालबाट ०७५÷०७६ मा ५३० मेट्रिक टन उत्पालदन भएकोमा ८४ दशमलव १३ मेट्रिक टन निर्यात भएको तथ्याङकमा उल्लेख छ । नेपालबाट निर्यात भएको कफीबाट रु ९ करोड ९६ लाख मुल्या रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले पनि गुल्मी, अघाखाँची, प्युठान, पाल्पा र स्याङजा जिल्लालाई कफी सुपर जोनको रुपमा विकास गरी कफीमा व्यवसायिककता बढाउने प्रयास गरिएको राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले जनाएको छ ।उत्पादनको क्षेत्रमा पनि स्याङजा नै पहिलो स्थानमा रहेको पाइएको छ जहाँ बार्षिक ४६ मेट्रिक टन उत्पादन हुने गरेको छ । नुवाकोटमा ३८ मेट्रिक टन र गुल्मीमा ३७ मेट्रिक टन उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ ।
    कफी खेतीमा संलग्न किसानहरुको आधारमा भने कास्की प्रथम गुल्मी द्धितृय र काभ्रे तेस्रो रहेको छ । गुल्मीमा भने १७८ हेक्टर जमिनमा आपचौर र भण्डारी डाँडामा बिशेष गरी कफी खेती गरिदै आएको छ । कफी खेती गर्ने किसानहरुलाई कफीका बोटमा सेतो गवारो रोगले सताउने गरेको सन्र्दभमा सेतो गवारो रोगबाट कफीका बोटहरुलाई बचाउनका लागि बिभिन्न उपचारात्मक कार्यहरु गर्न लागेको प्रधानमन्त्री कृर्षि आधुनिकीकरण कफी जोन गुल्मीका प्रमुख उमानाथ भण्डारीले बताए । गुल्मीमा कफी सम्बन्धी बिभिन्न परिक्षण एबम् अनुसन्धान गर्नको निम्ति कफी अनुसन्धान कार्यक्रम पनि राखिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको बडानम्बर–४ बलेटक्सारको भण्डारी डाँडामा ०७१ बैखास ३ कफी अनुसन्धान कार्यक्रम कार्यालय समेत स्थापन भएको छ । कार्यक्रम मार्फत कफी सम्बन्धी अनुसन्धान, जात परिक्षणा, रोग कीरा सम्बन्धी अनुसन्धान गर्दै आएको छ ।
    नयाँ मुल्य कायम
    कफी दिवसको अबसरमा मंसिर १ गतेबाट लागु हुने गरि कफीको कच्चा पदार्थको मुल्य पनि तोकिएको छ । फ्रेस चेरी कफी ग्रेड ‘ए’ प्रतिकेजी रु ८५ रुपैयाँ, पार्चमेन्ट कफी ग्रेड ‘ए’ प्रतिकेजी रु ४२५ रुपैयाँ, ग्रेड ‘बि’ प्रतिकेजी रु ३७५ रुपैयाँ तोकिएको छ । त्यस्तै ड्राइ चेरी कफी ग्रेड ‘ए’ प्रतिकेजी रु १४० रुपैयाँ, ग्रेड ‘बि’ प्रतिकेजी, रु ९० रुपैयाँ तोकिएको हो ।

    Advertisement

    आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...