मेगमन बुढा,राजपुर। मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र सिडस कार्यक्रमको आयोजना तथा राजपुर गाउँपालिका वडा नम्बर ४ को सहकार्यमा एक दिने अधिकार तथा पैरवी सम्बन्धि अभिमुखिकरण तालिम शनिबार दाङकाे राजपुर ४ मा सम्पन्न भएको छ । दिगो एवम् मर्यादित सामाजिक आर्थिक सशक्तीकरणका लागि तालिम आयोजना गरिएको हो तालिममा स्वालम्बन समुहका ४२ जना सहभागी थिए। उनिहरुलाई मानव अधिकार पैरवी,लैङ्गकि समान्ता स्वतन्त्र रूपमा हिड्ने,आर्थिक अधिकार, आफ्नो अधिकार,स्वामीत्व अधिकार,केहि भन्न नपाउने,इच्छा वेग अधिकार,सम्पत्तिको अधिकार लगायतकाे विषयमा प्रशिक्षण दिइएकाे थियाे ।स्ट्रोम फाउन्डेसनको सहयोग तथा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङकाे अार्थिक सशक्तिकरण सिडस कार्यक्रम अन्तरगत राजपुरकाे ७ नम्बर वडा देखि ४ नम्बर वडामा संचालन रहेकाे ४० वटा स्वालम्ब समुहका पदाधिकारीहरुलाई एक दिने तालिम दिइएकाे मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र सिडस कार्यक्रमका अनुगमन तथा मुल्यांकन अधिकृत राजेन्द्र अधिकारी जानकारी दिनु भएकाे हाे ।साे कार्यक्रमका सामाजिक परिचालक बिष्णु बि.सिको स्वागत मन्तव्यबाट सुरु भएको तालिमको प्रशिक्षण मानव अधिकारकर्मी दाङका अनिता देवकोटाले दिनु भएको थियोे भने कार्यक्रमको संचालन सो सिडस कार्यक्रमका सामाजिक परिचालिका पुरण यादवले गर्नु भएको थियो ।
अधिकार तथा पैरवी सम्बन्धि तालीम सम्पन्न ।
अधिकार तथा पैरवी सम्बन्धि तालीम सम्पन्न ।

Advertisement
तपाईको प्रतिक्रिया