माधव बेल्वासे, कपिलवस्तु (चन्द्रौटा) नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराज नगर कमिटिमा गिरी प्रसाद गैरेको नेतृत्वमा नया कमिटि गठन भएको छ । जसको उपाध्यक्षमा प्रकाश अधिकारी, महिला उपाध्यक्षमा शान्ता जिसी,सचिवमा गोपाल भाट,सह सचिवमा भक्ति पौडेल कोषध्यक्ष ओतीराम ओली सह कोषाध्यक्षमा कमला शर्मा सहित २१ सदस्य समिति चयन भएको छ ।सनिवार शिवराज नगरपालिका वडा नं. ५ को सभाहलमा आयोजित उक्त अधिवेशनले समिति चयन गरेको हो । कार्यक्रममा वोल्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले शिक्षक राष्ट्रको गहना भएको वताउनुभयो । विद्यार्थीको भविष्य बनाउने जिम्मा शिक्षकको हातमा रहेको समेत जिकिर गर्नभयो । शिवराज नगरपालिका भित्र रहेका शिक्षकहरुको क्षमता अभिवृद्धि सगै शिक्षामा गुणस्तरीय हुनुपर्ने तर्क राख्नुभयो । अधिवेशनले सक्षम व्यक्तिलाई छनोट गर्ने र सफल कार्यकालको शुभकामना समेत दिनुभयो ।नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष रमेश पन्थीले शिक्षकहरु अव एकजुट भएर अधिकार र समस्याका समाधान तर्फ अग्रसर हुनुपर्ने वताउनुभयो । शिक्षकहरु अधिकारको लागी लड्ने नेपाल राष्ट्रिय शिक्षक संगठन मात्र रहेकोले यसमा सवै समावेश हुनुपर्ने जनाउनुभयो । कार्यक्रममा शिवराज नगरपालिका वडा न ३ का अध्यक्ष टेकलाल सापकोटा,वडा न ९ का अध्यक्ष जिवन खडका,वडा न १ का अध्यक्ष जगत जिसि,राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका अध्यक्ष विष्णु खतिवडा लगाएतको सहभागीता रहेको थियो । कार्यवाहक अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रको संचालन गोपाल भाट र स्वागत मन्तव्य शान्ता जिसीको रहेको थियो ।