कामना डेली,प्युठान। बिहिबार साझ बसको ठक्करबाट ज्यान गुमाएका प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर २ सिमलिका स्थानिय ६९ वर्षीय खिम बहादुर महतको शव आफन्तले बुझेका छन। क्षतीपुर्ती स्वरुप पीडितले ५ लाख रुपैया पाउने भएपछी आफन्तले शब बुझेका हुन। ईलाका प्रहरी कार्यालय मच्छिका प्रहरी निरिक्षक डिल कुमार बस्नेतले प्रशासनको संयोजनमा पिडित सहित यातायात व्याबसायि समितीलाई बोलाएर छलफल गरी पिडित पक्षलाइ प्रचलित नियम अनुसार क्षतीपुर्ति दिने सहमति भएको बताए ।मृतकका परिवारलाई क्षतिपूर्तिको ग्यारेन्टी नगराएसम्म आफुहरुले शव नउठाउने भन्दै मृतकका आफन्तले शब उठाउन मानेका थिएन्न । आफन्त सहितका स्थानियहरुले मृत सब सडकमै राखेर क्षतिपुर्ती माग गर्दै बादिकोट ढाडँ सडक खण्डमा यातायातका साधन समेत संचालन गर्न दिएका थिएनन। ’ प्युठान झिमरुक गाउपालिका वडा नं २ सिमली भन्ने स्थानमा बादिकोटबाट मच्छितर्फ फर्कदै गरेको स्वर्गद्धारी गौमुखी यातायात प्रालीको लु १ ख ७३९२ नम्बरको बसले ठक्कर दिदां बृद्ध महतको घटनास्थलमै मृत्यु भएको थियो। मृतकको शबलाई जिल्ला अस्पताल बिजुबारमा पोष्टमार्टमका लागी राखिएको छ । सो बसका धनी समेत रहेका सवारी चालक भने प्रहरी नियन्त्रणमा छ्न।
सहमतिपछी शव उठाईयो
सहमतिपछी शव उठाईयो
Advertisement
तपाईको प्रतिक्रिया