सागर थापा,बर्दिया । बर्दियामा बलात्कारको अभियोगमा बिहिबार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर ७, बस्ने अन्दाजी २४ वर्षिय घनश्याम चौहानलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको हो ।
परिवर्तित नामथर संकेत नं.६६ (ब) ले कार्तिक २६ गते दिएको जाहेरीअनुसार घनश्यामलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । ओलीका अनुसार पीडित र पीडक दुवैजना बर्दियाबासी हुन् । गुलरीयाका घनश्यामले १७ वर्षिय बालिकालाई गत कार्तिक १४ गते नेपालगन्ज नर्सिङहोम नजिक एक होटलमा लगि जबरजस्ती करणी गरेका थिए । ओलीका अनुसार पक्राउ परेका घनश्यामलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ । पीडित र पीडक बर्दियाबासी भएपनि घटना स्थल बाँके जिल्ला नेपालगन्ज भएकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको हो । प्रहरी निरीक्षक वलीका अनुसार पीडित र पीडक बिस्तृत स्वास्थ्य परीक्षण समेत गरी सक्कलै मिशिल कागजात सहित पीडक चौहानलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको बर्दिया प्रहरी निरीक्षक वलीले जानकारी दिएका छन् ।
बालिका बलात्कारको आरोपमा एकजना पक्राउ
बालिका बलात्कारको आरोपमा एकजना पक्राउ
![](https://kamanadaily.com/wp-content/uploads/2019/11/inbound5570386263639362330.jpg)
Advertisement
तपाईको प्रतिक्रिया