कामना डेली,प्युठान। प्यूठानमा बिहिबार बिहान भएको जीप दुर्घट्नामा परी मृत्यु हुने र घाईते सवैको परिचय खुलेको छ। स्वर्गद्वारी नगरपालिका ४ कोलवांग भिरमा जिप दुर्घटना हुँदा मृत्यु हुनेमा मृत्यु स्वर्गद्वारी २ की ४० वर्षीया नजरी सुनार रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको हो ।त्यस्तै सोही दुर्घट्नामा परी घाइते हुनेमा सोही ठाउँका २५ वर्षीया बिना बि.क, सात वर्षीय बालक आनन्द बि.क र सवारी चालक माण्डवी गाउँपालिका ३ का अन्दाजी २३ वर्षीय बसन्त कुमाल रहेका छन् । आज बिहान भिंग्रीबाट पानी बोकेर स्वर्गद्वारीतर्फ जान लागेको ग १ च ५२४९ नम्बरको जिप दुर्घटना हुँदा एक जना महिलाको मृत्यु हुनुका साथै तीन जना घाईते भएका थिए ।उनिहरुको प्राथमिक स्वास्थ्य चौकी भिंग्रीमा सामान्य उपचारपछि थप उपचारको लागि कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ । जिप सडक भन्दा तीन सय मिटर तल खोलामा खसेको छ। पूर्णरूपमा जीपमा क्षति पुगेको छ ।
प्यूठान जीप दुर्घट्ना अप्डेट:मृतक सहित घाईते सवैको खुल्यो परिचय
प्यूठान जीप दुर्घट्ना अप्डेट:मृतक सहित घाईते सवैको खुल्यो परिचय

Advertisement
तपाईको प्रतिक्रिया