पुजा लम्साल,सुनवल । पश्चिम नवलपरासीको दाउन्नेमा आज बिहान ट्रक अनियन्त्रित भई पल्टिदा २ जनाको मृत्यु भएको छ । मृत्युहुनेमा सवारीधनि सुनवल नगरपालिका १३ का २५ बर्षिय बलबहादुर सार्कि र सवारी चालक २९ बर्षिय नरबहादुर गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ ।
बर्दघाट –४पुर्व पश्चिम राजमार्गको दाउन्ने जंगलमा पुर्वबाट पश्चिम तर्फ सामान लिएर आउदै गरेको ना ४ ख ४५०४ नं को मालवाहक ट्रक आफै अनियन्त्रित भई सडकबाट करिव २०÷२५ मिटर तल पल्टिन जादा उनिहरुको ट्रकले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो ।
Advertisement