सुनवल । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले सुनवल– १२ हर्कट्टाबाट लागुऔषध सहित एक जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा चितवनको रामपुर नगरपालिका वडा नं १ बस्ने बर्ष १८ का अवि तामाङ रहेका छन् । पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु २ ख २८४५ नं को यात्रुवहाक बसमा चेकजाचका क्रममा निजको साथमा रहेको झोलाबाट डाइजेपाम १५० एप्पुल, फेनारागन१७५ एम्पुल, नुर्फिन १२५ एम्पुल, नाइट्रोजेपाम ४८ ट्याप्लेट गरि लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङ माथि लागुऔषध मुद्धामा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो ।
Advertisement