• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

५ वर्षिय बालकको जन्मदिन सुकुम्बासी परिवारसंग


  •   सोमबार, कार्तिक २५, २०७६ मा प्रकाशित
  • सागर रिजाल, प्युठान । प्युठान नगरपालिका–२ क्वाडीका केशर पौडेलले आफ्नो पाँचौ जन्मदिन एक सुकुम्बासी परिवारसंग मनाएका छन् । केशरका बुबा खगेश्वर पौडेलले प्युठान नगरपालिकाको कार्यालय नजिकै खेलकुदमैदानमा टहरा बनाई बस्दै आएका सुकुम्वासी खुमबहादुर (रविन्द्र) राउतका छोराछोरीलाई लत्ताकपडा र स्टेशनरी सामाग्री प्रदान गरि छोराको जन्मदिन मनाईदिएका हुन् । खुमबहादुरका दुई छोरा र एक छोरीलाई एक÷एक थान ट्याकसुट, एक÷एक थान टोपी, एक÷एक थान जुत्ता, एक दर्जन कपी ,सिसाकलम र परिवारका लागि बलाङ्गकेट राउतको परिवारलाई प्रदान गरिएको थियो । करिब पाँच हजार बराबरको सामाग्री सुकुम्वासीको परिवारलाई वितरण गरिएको पौडेलले जानकारी दिए । केहि दिन अगाडी देखी मिडियामा पुगेका सुकुम्बासी परिवारको विचल्ली देखेर आफ्नो छोराको जन्मदिनको अवसरमा सहयोग प्रदान गरेको केशरका बुबा खगेश्वर पौडेलले बताए । जन्मदिनको अवसरमा फजुल खर्च गर्नुको सट्टा केहि सामाजिक काम गर्ने उदेश्यले सामाग्री प्रदान गरेको उनले बताए । स्थानिय यूवा नेता मधुर शर्मा, पत्रकार केशर रोका, सागर रिजाल लगाएतको उपस्थितीमा उक्त सामाग्री प्रदान गरिएको हो ।
    ऋण तिर्न नसक्दा यस्तो भयो खुमबहादुरको परिवार
    २०२६ सालमा ऐरावती गाउँपालिका २ (साविक बरौला गाविस) हरियाटारीमा खुमबहादुर भनिने (रविन्द्र) को जन्म भयो । उनी जन्मीएको केहि वर्षमै उनीहरुको जग्गा साहुले लग्यो । हजुरवुवाले छिमेकि साहुसंग लिएको ऋण तिर्न नसक्दा साहुले भएभरको घरजग्गा र सम्पति हडपेपछि राउत परिवारको उठिवास लागेको थियो । त्यसपछि मावली गाउँ किट हुदै हाँल उनीहरु खेलमैदान पछाडी बस्दै आएका छन् । उनी सुकुम्बासी भएर बस्न थालेको ३० वर्ष पुगिसकेको छ ।
    जाडो मौषम शुरु भएसंगै यो परिवारलाई समस्या हुदै आएको छ । चिसो मौषममा लगाउने र ओडने ओछ्याने कपडा नहुँदा समस्या परेको हो । जस्तापाताको छाना मुनी चिसो भोईमा बस्ने राउतको परिवारलाई जाडोले चुनौति दिएको हो । भनेजस्ता कपडाहरु लगाउन नपाउँदा छोराछोरीहरु पढन समेत नगएको खुमबहादुरले बताए । उनले आफ्नो परिवारलाई सहयोग गरिदिन समेत आग्रह गरेका छन् । खुमबहादुरसंग आफ्नी साशुपनि बस्दै त्यही टहरोमा बस्दै आएकी छिन् ।
    जन्मदिन मनाउने संस्कार वढ्यो
    प्युठानमा पछिल्लो समय जन्मदिन दुखीपिडीतलाई राहत प्रदान गरि मनाउने संस्कारको विकास भएको छ । कसैले अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गरि त कसैले दुखी,पिडीतलाई राहत प्रदान गरि जन्मदिन मनाएको देख्न सकिन्छ । फजुल खर्च गर्नुको साटो दुखी गरिबलाई सहयोग गरि जन्मदिन मनाउने संस्कारले उनीहरुलाई राहत प्रदान हुने यूवा नेता मधुर शर्माले बताए । तडगभडग गरि मनाउनुभन्दा स्थानिय स्तरमा रहेका दुखी पिडीतलाई खोजि जन्मदिन मनाउन सुझाव उनले दिए । साथै उनले जन्मदिनका अवसरमा सहयोग गर्ने संस्कारको समेत विकास गर्नुपर्ने बताए ।

    Advertisement

    सोमबार, कार्तिक २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    दुःखमा हात बढाउने गाउँ
    आमाको सम्झनामा वडाबासीको न्यूनतम विद्युत् महसुल अध्यक्ष पोख्रेलले व्यहोर्ने
    सापडाडाका अशक्त दिलिपलाई घरमै पुगेर नागरिकता

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...