• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ९. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

  • १०. शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पर्यटन प्रवर्दन गर्न दोस्रो गलकोट घुम्टे महोत्सव हुने


  •   सोमबार, कार्तिक २५, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ।  गलकोट आफैमा प्राकृतिक सांस्कृतिक एवं ऐतिहाँसिक महत्व बोकेको क्षेत्र हो । यहाँ विभिन्न प्राकृतिक मनोरम स्थल, धार्मिक स्थलहरु पर्याप्त छन । पछिल्लो समय गलकोट क्षेत्रलाई पर्यटन प्रवर्दन गरि गलकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन विभिन्न गतिविधिहरु भईरहेका छन । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले बागलुङको गलकोट क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्ने उद्देश्यले आगामी मंसिरमा ‘गलकोट घुम्टे महोत्सव’ आयोजना गरेको छ । केन्द्रले आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म दोस्रो गलकोट घुम्टे महोत्सव गर्न लागेको हो । महोत्सवमा गलकोट क्षेत्रको मौलिकता झल्काउने र कला, संस्कृति, खेलकुद एवं कृषि–उपजको प्रदर्शनी सहित पर्यटकलाई आकर्षित गर्ने गरी मौलिक कार्यक्रमका रूपमा १३ वर्षपछि दोस्रो गलकोट घुम्टे महोत्सव गर्न लागिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार गलकोटका पर्यटकीय स्थलहरु र कला संस्कृतिलाई ब्यापक प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने महोत्सवको मुख्य लक्ष्य रहेको छ । नेपाल सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्ष सन् २०१९ र नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल पार्न महोत्सवले सहयोग पुर्‍याउने महोत्सव आयोजक संस्था गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङका अध्यक्ष झङ्क बहादुर बस्नेतले जानकारी दिनुभयो । जिल्लाको गलकोट क्षेत्र भनेर चिनिने गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका ३ र ८ नम्बर वडालाई पर्यटकीय क्षेत्रको रूपमा अगाडि बढाउन महोत्सवको आयोजना गरिएको केन्द्रका सचिव शेर बहादुर थापाले बताए । महोत्सवमा गलकोट क्षेत्रमा रहेका पर्यटकीय स्थलहरू घुम्टे धुरी, गलकोट दरबार, गाईघाट झरना, गुफा, उदय रिघा बुद्ध–बिहार, टेउवा, हटिया सहस्र धारा, पाण्डवखानी, निलुवा, मल्म राम्चे ढुङ्गा, नाच्ने डाँडाको विशेष प्रचारप्रसार गरिने उनको भनाई छ । त्यस्तै स्थानिय कला संस्कृति झल्कने गलकोट क्षेत्रको संस्कृतिका रूपमा रहेको भुस पोल्ने मेला, सिस्नो खोस्ने मेला, घाटु नाच, साराङ नाच, सोरठी, मारुनी नाच, लाखे नाच तथा भजन किर्तनलाई महोत्सवमा विशेष प्रस्तुतिका रूपमा राखिने आयोजकले जनाएको छ । महोत्सवको आकर्षणको रूपमा राष्ट्रिय खेल भलिबल, ब्याडमिन्टन, लोकदोहोरी तथा सांस्कृतिक प्रदर्शनी रहने छन । गलकोट क्षेत्रको उत्पादन ताराखोलाको आलु र दरमखोलाको असला माछा, रातो च्याउ लगायत खाद्यान्न पनि बिक्री गरिने आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु, हाँस्य कलाकारहरुको बेजोड सांगितिक तथा हाँस्य प्रस्तुति रहने बताईएको छ । महोत्सवमा ‘टाइटल स्पोन्सर’ प्रभु ग्रुपले गर्ने घोषणा गरेको केन्द्रका सचिवालय सदस्य मिलन केसीले जानकारी दिए । झण्डै १ करोड ४५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिइएको महोत्सवमा १ करोड रुपैयाँ खर्च लाग्ने र बचेको ४५ लाख रुपैयाँले गलकोटका पर्यटकीय क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम गरिने महोत्सव सचिवालय समिति सदस्य तथा आर्थिक व्यवस्थापन समिति संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिनुभयो । गलकोट क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने लक्ष्यका साथ आयाेजना गरिएको महोत्सवको अहिले आन्तरिक तयारी तिव्र पारिएको छ । मेला सञ्चालन गर्न आर्थिक व्यवस्थापनका लागि केन्द्रको टोली अहिले देशका विभिन्न स्थानमा छलफल अन्तरकृया तथा आर्थिक अभियानमा सकृय रहेको छ ।

    Advertisement

    सोमबार, कार्तिक २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    धनुषाका ११० परिवारले पाए लालपुर्जा
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    भर्खरै

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

    • २.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • ३.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ४.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ६.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ७.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ८.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation