सनिउल्ला धोबी .कपिलवस्तु।आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४४१ औं जन्म जयन्ती नेपालको विभिन्न जिल्लामा धुमधामका साथ मनाइएको छ । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । कपिलवस्तुमा रहेका मुस्लिमहरुले हजरत मोहम्मदको जन्म दिनको अवसरमा बृहर्त यालीको आयोजना गरेका छन् । कपिलवस्तुको चन्द्रौटा, तौलिहवा, कृष्णनगर, महाराजगन्ज, बहादुरगन्जमा मुस्लिमहरुर्ले याली निकालेर मोहम्मद डे धुमधामका साथ मनाइएको छ । मौलाना महेबुव अलि शेखको यस्तो भनाई छ ।मोहम्म्मद डेले सामाजिक सदभाव सगै सवै समुदायमा भाईचाराको सम्वन्ध स्थापित हुने विश्वास छ । यसै पर्वका अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका भित्र रहेका गरिव दुखि असाहयहरुलाई कम्वल समेत वितरण गरिएको छ । मोहृममद डे को अवसरमा सरकारले सर्वाजानिक विदा दिनुपर्ने चन्द्रौटा उद्योग वाणिज्य सघंका अध्यक्ष तथा मुस्लीम अगुवा जमशेद अलि मियाको भनाई छ ।नेपाल सहित बिश्वभरका मुस्लिम धर्मालम्वीले आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको १४४१ औं जन्म जयन्ती मनाएका छन । हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो ।
मोहम्मद डे धुमधामका साथ मनाइयो ।
मोहम्मद डे धुमधामका साथ मनाइयो ।

Advertisement
तपाईको प्रतिक्रिया