सागर थापा,बर्दिया।बर्दियामा १४ ग्राम लागु औषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले प्रक्राउ गरेको छ । बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं.७ भन्सार रोड स्थित ऐ.ऐ.वडा नं.५ कृष्णसार टोल बस्ने २७ वर्षीय रोजन पुरीलाई पक्राउ गरेको हो।त्यसै गरी बर्दिया मधुवन नगरपालिका वडा नं.२ बस्ने १९ वर्षीय दिनेश नेपाली समेत २ जनाको साथबाट ५ पुरिया ४ ग्राम लागु औषध ब्राउनसुगर सहित पक्राउ गरेको हो।भे ८ प ७८३ नं.को मोटर साईकल र जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं.८ स्थित सार्वजनिक सडक बाटोबाट जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं.६ बस्ने २२ वर्षीय सन्तोष थापा, त्यसै गरी ऐ ऐ वडा नं. ५ बस्ने १९ वर्षीय खगेन्द्र शाही समेत २ जनाको साथबाट १० पुरिया ,१० ग्राम लागु औषध ब्राउनसुगर सहित पक्राउ गरेको हो।भे ७ प १७८ नं.को मोटर साईकल, चक्कु र नगद रु ९००० हजार फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । निजहरु चारै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्वाही गरेको छ ।
बर्दियामा ब्राउनसुगर सहित चार जना पक्राउ
बर्दियामा ब्राउनसुगर सहित चार जना पक्राउ
Advertisement
तपाईको प्रतिक्रिया