अनिल खत्री, गुल्मी । गुल्मीमा जीपको ठक्करबाट एक जना बृद्धाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर २ पिपलधारामा लु १ ज १७१२को जीपको ठक्करबाट सोहि ठाउँका ७३ कृष्ण घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताए ।
जीपले ब्याक गर्नेक्रममा ठक्करबाट घाइते भएका घर्तिलाई थप उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीलेृ जनाएको छ । प्रहरीले ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिर रहेको प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक रावलले बताए ।
Advertisement