सागर थापा,बर्दिया।बर्दियाको गुलरिया नगरपालिकाको निर्माणाधिन हुलाकी सडकमा पर्ने घर भत्काउँदा घरले च्यापिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।गुलरिया नगरपालिका वडा नं ५ अन्तर्गत पर्ने दुर्गा गेष्ट हाउसका सञ्चालक भवि प्रसाद पाैडेलको आफ्नै घर भत्काउने क्रममा झ्याल खस्दा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।वलीका अनुसार घरको दोस्रो तलाको झ्याल अचानक खस्दा घरधनी पौडेलको मृत्यु भएको र अन्य ज्याला मज्दुरी गर्ने दुई जना जनकराम थारू र नवराज चौधरी घाईते भएको र हाल उनिहरुको उपचार भइरहेको प्रहरी निरीक्षक वलीले बताए ।
Advertisement