• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

  • ९. लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

  • १०. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आहा ! झिमरुक फाँट !


  •   मङ्गलबार, कार्तिक १९, २०७६ मा प्रकाशित
  • प्युठान । पहाडी भुभाग, वरीपरी हरियाली, समथर भुमी । हेर्दै मन लोभ्याउने दृष्य । त्यो हो प्यूठानको झिमरुक फाँट ।प्युठान पहाडी जिल्ला हो । तर, दाङको भालुवाङबाट पहाडै पहाडको बाटो भएर हिड्नेहरु झिमरुकको दृश्य हेरेर नलोभिने सायद कमै होलान् । सामान्यतय प्यूठान भित्रिने जो कोहीको पनि पहिलो नजर यसै फाँटमा पर्छ ।झिमरुक फाँटको दृश्यले जति सायद अन्य फाँटले अरुको मन त्यति तान्न पनि सक्दैन होला । तर दुर्भाग्य, झिमरुक क्रंकिटको शहर बन्न थालेको छ । फाँटहरु क्रंकिटले ढाँकिएको छ ।झिमरुक फाँटमा अहिले बस्ती बाक्लिएको छ । पहेलपुर धान फल्ने खेतहरु घरैघरले भरिन थालेका छन् । शहरीकरण बढ्दो छ । वर्षेनी २ सय भन्दा बढी घरहरु बनिरहेका छन् । खेतमा बनाइएका प्लटिङमा धमाधम नयाँ घर बनिरहेका छन् । र, बस्ती बिस्तारसँगै विनास पनि सुरु भएको छ ।घरघडेरी मात्रै होइन, बर्षेनी झिमरुक नदीको बाढीले फाँटको क्षेत्रफल क्रमस घटाउँदै लगेको छ । खोलाको सतह नै अग्लिएको झिमरुक नदीले हजारौं रोपनी झिमरुकको उर्वर फाँट बर्सेनि मास्दै गएको छ ।नदी किनारका बस्तीसमेत उच्च जोखिममा छन् । खोलाले ठूलावेसीदेखि बरौलासम्मको खेत कटान गरिरहेको छ । अन्नको भण्डारण भनेर चिनिने झिमरुक उपत्यकामा पर्ने विजुवार, धर्मावती ९ खप्रेङखोला, गेजवाङ, दम्ती, मरन्ठाना, सारीवाङ, विजयनगरसहित रस्पुरकोट, विजुली, बरौला, पकला, रम्दी र धुवाङ क्षेत्रमा पर्ने खेतहरु बर्सेनि कटानको चपेटामा पर्छन् ।जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विजुवारमार्फत झिमरुक नदी नियन्त्रणका लागि वर्षेनी करोडौँ रकम खर्चिए पनि प्रभावकारी उपलव्धि नदेखिएको स्थानीय बताउँछन् । गाउँगाउँमा मोटरबाटो निर्माण गर्दा निस्किएको माटो, ढुंगा भलले बगाउँदा खोला अग्लिएको हो ।सडक निर्माण गर्दा निस्किएका ढुंगा, माटो सिँधै खोलामा पस्दा नदीको बहाव परिवर्तन हुने चिन्ता स्थानीयको छ । वातावरण प्रभाव मूल्यांकनबिना नै सडक निर्माण गर्दै गएमा उर्वरभूमी झिमरुक फाँट ‘कंक्रिट’ बन्दै जाने देखिएको छ ।खेतीयोग्य भुमिमा बस्ती बिस्तार भएसँगै सिँचाइ सुविधासम्पन्न झिमरुक फाँटका खेतहरुको निसाना मेटिँदै गएको छ । बाग्दुला, दम्ती खप्रेङखोला, बिजुवार, टिकुरी, पुण्यखोला, रातमाटा, क्वाडी जताततैबाट सडकहरु खोलिएका छन् ।

    Advertisement

    कुरुप झिमरुक, कुरुप चिन्ता
    राज्यको भूउपयोग नीति स्पष्ट नहुँदा हरियाली फाँट मासिदाँ मन कसैको दुखेको छैन । र, यसलाई जोगाउन कसैको ध्यान पनि गएको छैन । बरु कसरी यो फाँटमा एउटा राम्रो घर बनाउन सकिएला भन्ने चिन्ता चाहीँ सबैलाई छ ।लहलह धान झुल्ने झिमरुक फाँट कुरुप बनेको धेरै भएको छैन । स्थानीयका अनुसार झण्डै ७/८ वर्ष अघिसम्म झिमरुक फाँट धक्कै बलेको थियो प्युठान नगरपालिका कृषि बिभागका बाली संरक्षण अधिकृत तेजबहादुर बिष्ट्रका अनुसार झिमरुक फाँटको ३५० हेक्टर क्षेत्रफल जमिन घडेरीको रूपमा प्रयोग भइसकेको छ ।‘झिमरुकको बाढीले समेत बर्सेनि खेत कटान गर्दै आएको छ’ उनी भन्छन्, ‘जोगिएको फाँटमा घर बन्ने गर्ने क्रम बढ्दो छ । रोकिएको छैन । फाँट मासिँदा बर्सेनि खाद्यान्न उत्पादन घट्दै गएको छ ।’वार्षिक २०/२५ हेक्टर खेतीयोग्य जमिन घडेरीमा परिणत भइरहेका छन् । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराको अभावमा गाउँबाट मानिस सहरी क्षेत्रमा झर्दा बस्ती बढेको हो ।

    कुरा मात्रै ठूला
    झिमरुक फाँट जोगाउने कुरा धेरैपटक भए, योजना पनि बनाइए । तर, प्लटिङ रोकेर भूमिको सही उपयोग गर्ने नीति जिल्लाले बनाउन सकेको छैन ।जिविसले प्यूठान जिल्लाको उर्भर भूमि झिमरुक फाँटमा प्लटिङ गर्न रोक लगाउने निर्णय गरेको वर्षौं भइसकेको छ । योसँगै प्यूठान नगरपालिकाको पहिलो परिषद्ले भिमरुक फाँटमा प्लटिङ गर्न रोक लगाउने निर्णय गरेको थियो । नगरपालिकाले ५ वर्षे आवधिक नगर बिकास योजना बनाएर कृषि क्षेत्रलाई पहिलो प्राथमिक्तामा राखेको पनि छ ।नगरपालिकाको बिजुवार टारी, खलंगा पाण्डेडाडाँ, थापाडाडाँ, विजयनगर, सापडाडाँ, रातामाटा, क्वाडी क्षेत्रमा बस्ती क्षेत्र विकास गर्ने, झिमरुक, क्वाडेकुलो भन्दा तल बस्ती बसाल्न नपाइने नीति पास गरेको छ । बनेका सडकहरूको लगत लिने सडक सार्वजनिक गरेर मात्र जमिनको कित्ताकाट गरेर घरघडेरी बिक्री गर्ने निर्णय गरेको थियो ।तर, यो कार्यान्वयन फितलो भएको छ । स्थानीय भन्छन झिमरुक फाँटलाई जोगाउने हो भने जिल्लाको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ । ‘जिल्लामा खाद्यान्न संकटलाई कम गर्न फाँटको विशेष योगदान छ’ उनीहरु भन्छन्, ‘यसलाई जोगाउनुपर्छ ।’अव्यवस्थित बस्ती बिस्तारले प्यूठानकै सौन्दर्यता गुम्ने खतरा छ ।

    मङ्गलबार, कार्तिक १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
    नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा
    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • २.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ३.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ७.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ८.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation