• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, पुष १६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

जसपा नेपाल र लोसपाबीच एकताको सहमति

रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

गुलरियामा कपडा बैंकको शुभारम्भ

लोकप्रिय समाचार

  • १. गुलरियामा कपडा बैंकको शुभारम्भ

  • २. रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

  • ३. संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

  • ४. मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

  • ५. जसपा नेपाल र लोसपाबीच एकताको सहमति

  • ६. जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

  • ७. चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

  • ८. क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

  • ९. गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

आहा ! झिमरुक फाँट !


  •   मङ्गलबार, कार्तिक १९, २०७६ मा प्रकाशित
  • प्युठान । पहाडी भुभाग, वरीपरी हरियाली, समथर भुमी । हेर्दै मन लोभ्याउने दृष्य । त्यो हो प्यूठानको झिमरुक फाँट ।प्युठान पहाडी जिल्ला हो । तर, दाङको भालुवाङबाट पहाडै पहाडको बाटो भएर हिड्नेहरु झिमरुकको दृश्य हेरेर नलोभिने सायद कमै होलान् । सामान्यतय प्यूठान भित्रिने जो कोहीको पनि पहिलो नजर यसै फाँटमा पर्छ ।झिमरुक फाँटको दृश्यले जति सायद अन्य फाँटले अरुको मन त्यति तान्न पनि सक्दैन होला । तर दुर्भाग्य, झिमरुक क्रंकिटको शहर बन्न थालेको छ । फाँटहरु क्रंकिटले ढाँकिएको छ ।झिमरुक फाँटमा अहिले बस्ती बाक्लिएको छ । पहेलपुर धान फल्ने खेतहरु घरैघरले भरिन थालेका छन् । शहरीकरण बढ्दो छ । वर्षेनी २ सय भन्दा बढी घरहरु बनिरहेका छन् । खेतमा बनाइएका प्लटिङमा धमाधम नयाँ घर बनिरहेका छन् । र, बस्ती बिस्तारसँगै विनास पनि सुरु भएको छ ।घरघडेरी मात्रै होइन, बर्षेनी झिमरुक नदीको बाढीले फाँटको क्षेत्रफल क्रमस घटाउँदै लगेको छ । खोलाको सतह नै अग्लिएको झिमरुक नदीले हजारौं रोपनी झिमरुकको उर्वर फाँट बर्सेनि मास्दै गएको छ ।नदी किनारका बस्तीसमेत उच्च जोखिममा छन् । खोलाले ठूलावेसीदेखि बरौलासम्मको खेत कटान गरिरहेको छ । अन्नको भण्डारण भनेर चिनिने झिमरुक उपत्यकामा पर्ने विजुवार, धर्मावती ९ खप्रेङखोला, गेजवाङ, दम्ती, मरन्ठाना, सारीवाङ, विजयनगरसहित रस्पुरकोट, विजुली, बरौला, पकला, रम्दी र धुवाङ क्षेत्रमा पर्ने खेतहरु बर्सेनि कटानको चपेटामा पर्छन् ।जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विजुवारमार्फत झिमरुक नदी नियन्त्रणका लागि वर्षेनी करोडौँ रकम खर्चिए पनि प्रभावकारी उपलव्धि नदेखिएको स्थानीय बताउँछन् । गाउँगाउँमा मोटरबाटो निर्माण गर्दा निस्किएको माटो, ढुंगा भलले बगाउँदा खोला अग्लिएको हो ।सडक निर्माण गर्दा निस्किएका ढुंगा, माटो सिँधै खोलामा पस्दा नदीको बहाव परिवर्तन हुने चिन्ता स्थानीयको छ । वातावरण प्रभाव मूल्यांकनबिना नै सडक निर्माण गर्दै गएमा उर्वरभूमी झिमरुक फाँट ‘कंक्रिट’ बन्दै जाने देखिएको छ ।खेतीयोग्य भुमिमा बस्ती बिस्तार भएसँगै सिँचाइ सुविधासम्पन्न झिमरुक फाँटका खेतहरुको निसाना मेटिँदै गएको छ । बाग्दुला, दम्ती खप्रेङखोला, बिजुवार, टिकुरी, पुण्यखोला, रातमाटा, क्वाडी जताततैबाट सडकहरु खोलिएका छन् ।

    Advertisement

    कुरुप झिमरुक, कुरुप चिन्ता
    राज्यको भूउपयोग नीति स्पष्ट नहुँदा हरियाली फाँट मासिदाँ मन कसैको दुखेको छैन । र, यसलाई जोगाउन कसैको ध्यान पनि गएको छैन । बरु कसरी यो फाँटमा एउटा राम्रो घर बनाउन सकिएला भन्ने चिन्ता चाहीँ सबैलाई छ ।लहलह धान झुल्ने झिमरुक फाँट कुरुप बनेको धेरै भएको छैन । स्थानीयका अनुसार झण्डै ७/८ वर्ष अघिसम्म झिमरुक फाँट धक्कै बलेको थियो प्युठान नगरपालिका कृषि बिभागका बाली संरक्षण अधिकृत तेजबहादुर बिष्ट्रका अनुसार झिमरुक फाँटको ३५० हेक्टर क्षेत्रफल जमिन घडेरीको रूपमा प्रयोग भइसकेको छ ।‘झिमरुकको बाढीले समेत बर्सेनि खेत कटान गर्दै आएको छ’ उनी भन्छन्, ‘जोगिएको फाँटमा घर बन्ने गर्ने क्रम बढ्दो छ । रोकिएको छैन । फाँट मासिँदा बर्सेनि खाद्यान्न उत्पादन घट्दै गएको छ ।’वार्षिक २०/२५ हेक्टर खेतीयोग्य जमिन घडेरीमा परिणत भइरहेका छन् । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराको अभावमा गाउँबाट मानिस सहरी क्षेत्रमा झर्दा बस्ती बढेको हो ।

    कुरा मात्रै ठूला
    झिमरुक फाँट जोगाउने कुरा धेरैपटक भए, योजना पनि बनाइए । तर, प्लटिङ रोकेर भूमिको सही उपयोग गर्ने नीति जिल्लाले बनाउन सकेको छैन ।जिविसले प्यूठान जिल्लाको उर्भर भूमि झिमरुक फाँटमा प्लटिङ गर्न रोक लगाउने निर्णय गरेको वर्षौं भइसकेको छ । योसँगै प्यूठान नगरपालिकाको पहिलो परिषद्ले भिमरुक फाँटमा प्लटिङ गर्न रोक लगाउने निर्णय गरेको थियो । नगरपालिकाले ५ वर्षे आवधिक नगर बिकास योजना बनाएर कृषि क्षेत्रलाई पहिलो प्राथमिक्तामा राखेको पनि छ ।नगरपालिकाको बिजुवार टारी, खलंगा पाण्डेडाडाँ, थापाडाडाँ, विजयनगर, सापडाडाँ, रातामाटा, क्वाडी क्षेत्रमा बस्ती क्षेत्र विकास गर्ने, झिमरुक, क्वाडेकुलो भन्दा तल बस्ती बसाल्न नपाइने नीति पास गरेको छ । बनेका सडकहरूको लगत लिने सडक सार्वजनिक गरेर मात्र जमिनको कित्ताकाट गरेर घरघडेरी बिक्री गर्ने निर्णय गरेको थियो ।तर, यो कार्यान्वयन फितलो भएको छ । स्थानीय भन्छन झिमरुक फाँटलाई जोगाउने हो भने जिल्लाको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ । ‘जिल्लामा खाद्यान्न संकटलाई कम गर्न फाँटको विशेष योगदान छ’ उनीहरु भन्छन्, ‘यसलाई जोगाउनुपर्छ ।’अव्यवस्थित बस्ती बिस्तारले प्यूठानकै सौन्दर्यता गुम्ने खतरा छ ।

    मङ्गलबार, कार्तिक १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न
    गुलरियामा कपडा बैंकको शुभारम्भ
    दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन
    व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम
    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    लोकप्रिय

    • १.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • २.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी

    • ३.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय

    • ४.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन

    • ५.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ६.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा

    भर्खरै

    • १.
      गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

    • २.
      क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

    • ३.
      चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

    • ४.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    • ५.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ६.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

    • ७.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

    • ८.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation