रुपन्देही।शिवपुर मा बि तिलोत्तमा ११ शिवपुर रुपन्देहीले आगामी मसींरमा श्रीमद भागवत ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । बिद्यालयमा प्राबिधिक शिक्षा सन्चालन गर्ने उदेश्यले आज भएको भेलाले यही मसींरमा महायज्ञ आयोजना गर्ने सहमती गरेको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य कबिराम अर्यालले प्राबिधिक शिक्षा सन्चालनका लागी बिधालयले महायज्ञ सन्चालनको तयारी सुरु गरेको भन्दै सबैको सहयोगले महायज्ञ सफल हुने बताउनु भयो ।कार्यकममा बोल्दै तिलोत्तमा नगरपालीका वडा न ११ का अध्यक्ष मुक्ति नारायण चौधरी तथा तिलोत्तमा नगरपालीका वडा न ८ का अध्यक्ष कृष्ण पौडेलले बिधालयमा प्राबिधिक शिक्षा र सुधारको लागी आयोजना हुने महायज्ञले भुमीका निर्वाह गर्ने बताउनु भयो । कार्यक्रममा समाजसेबि रोमणी प्र पाठकले प्राबिधिक शिक्षाका लागी गरिने महायज्ञले बिपन्न बर्गका बिधार्थी हरुलाइ राहत प्रदान गर्ने बताउदै मसिंरमा आयोजना हुने महायज्ञ सफलताको कामना गनु भयो ।
कार्यक्रममा परिचित बचत तथा ऋण सहकारी सस्थांका अध्यक्ष यादव प्र अर्याल , समाजसेबि बेद गीरी , रामु सहानी , विष्णु वराल, होम के सी , ढालानन्द चालीसे प्रकाश गौतम लगायतले बोल्नु भएको थियो ।बिधालय ब्यबस्थापन समीतीका अध्यक्ष बुद्धीसागर भट्राईको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन इश्वरी ज्ञवालीले गर्नु भएको थियो ।
प्राबिधिक शिक्षाका लागी शिवपुरमा महायज्ञ
प्राबिधिक शिक्षाका लागी शिवपुरमा महायज्ञ
Advertisement
तपाईको प्रतिक्रिया