चन्द्राैटा। कपिलवस्तुकाे कृष्णानगर घटनाको मुख्य आरोपी जमाल साहलाई जिल्ला प्रशासन कार्यालयले १० दिन थुनामा राख्न अनुमति दिएको छ।जिल्ला प्रहरी कार्यालयले सह उपर सार्वजनिक शान्तिविरुद्धको कसुर अन्तरगत आइतबार जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता गरेको छ ।सो मुद्धामा जिल्ला प्रशासन कार्यालयले जमाललाई १० दिन थुनामा राखी थप अनुसन्धान गर्ने आदेश गरेको हो । साह हाल जिल्ला प्रहरी कार्यालयमा थुनामा रहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।
थुनामा रहेका साह उपर लक्ष्मीपूजाको मूर्ति बिर्सजन कार्यक्रममा अवरोध सिर्जना गरेको र पटक–पटक प्रहरीले आग्रह गर्दा समेत विवाद उत्पन्न गरी झडपको अवस्था सिर्जना गराएको आरोप छ।बुधबार साँझ मूर्ति बिर्सजनका क्रममा जमालको नेतृत्वमा केही युवाहरूले सार्वजनिक बाटो प्रयोग गर्न नदिँदा उत्पन्न विवाद र झडपपछि बिहीबार बिहान ११ बजेदेखि कृष्णानगर बजारमा स्थानीय प्रशासनले कफ्र्यु लगाएको थियो ।सो समयमा चिया पसल संचालन गर्दै आएका २१ वर्षीय सुरज पाण्डेयको सुरक्षाकर्मीको गोली लागि मृत्यु भएको थियो ।