सिन्धुपाल्चोक ।दोलखाको मागा देउरालीबाट काठमाडौं जाँदै गरेको यात्रुबहाक बस सिन्धुपाल्चोक स्थित सुनकोसी नदिमा खसेको छ। शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तर्गत सुकुटे नजिकै दुर्घटना भएको हो ।सडकबाट एकसय मिटर तल सुनकोशी नदिमा बस खसेको प्रत्यक्षदर्शीले बताए। बसमा सवार सबैको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । केही शब खोलामा बगिरहेको दृश्य पनि देखिन्छ । एक बालक सहित चालक धनबहादुर तामालाई पानीबाट उद्दार गरिएको छ । नदिमा डुबेको बस तान्ने उपकरण नहुँदा उद्दारमा समस्या भएको छ। अहिल सम्म ६ जनाको शव निकालि सकिएको छ। विवरण आउन बाँकी छ ।
Advertisement