अनिल खत्री , गुल्मी । गुल्मीमा एक महिला सहित ३ जनाको बेवारिसे शब फेला परेका छन् ।दुई जना बालकको समेत शब बेवारीसे अबस्थामा भेटिएको छ। शनिवार बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षिय महिला र अन्दाजी ७ र ८ वर्षका बालकको २ वटा बेवारिसे अबस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा महिलाको शब र सोहि स्थानबाट १ मिटर पर २ वटा बालकको शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । शबलाई पोष्टमार्टम लगायत घटनको स्थलगत अध्ययनको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रहरी निरिक्षक सहितको टोली पठाइएको प्रहरी नायव उपरिक्षक घलेले बताए ।बेवारिसे अबस्थामा फेला परेको शबको र पहिचाहन र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शबलाई पोष्ट मार्टको लागि जिल्ला सदरमुकाम ल्याउने तयारी हुँदैछ ।
गुल्मीमा महिला सहित ३ जनाको बेवारिसे शब फेला
गुल्मीमा महिला सहित ३ जनाको बेवारिसे शब फेला
Advertisement
तपाईको प्रतिक्रिया