सागर थापा/महेन्द्र सिंह,बांके। बाँकेको नेपालगन्ज स्थित सुनार मन्डीबाट ६७ हजार १ सय ३० रुपैयाँ नगद सहित आठ जना जुवाडे पक्राउ परेका छन। पक्राउ पर्नेहरूमा कुमार मोहित गुप्ता, कन्जु करयप्त, प्रेम नाथ सोनी, शिव कुमार बर्मा, जानु गुप्ता, शिबा सङ्त सोनी,बिजय कुमार गुप्ता छ्न । उनिहरु माथि जुवा ऐनअन्तर्गत मुद्दा चलाइने बाँके जिल्ला प्रहरी प्रमुख प्रहरी एसपी वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।गोप्य सूचनाको आधारमा बुधबार बेलुका ७ बजे तिर जुवा खेलिरहेको अबस्थामा उनिहरुलाई पक्राउ गरेको हो ।
Advertisement