कृष्ण गैरे, कपिलवस्तु।शिवराज नगरपालीकाका नगरप्रमुख नेत्रराज अधिकारीले गांउघर सफा राख्न आग्रह गर्नुभएको छ । फोहरवाट धेरै रोगको संक्रमण वढने भएकाले घरवरीपरी सरसफाई गर्न नगरवासी सवैलाई अनुरोध गर्नुभएको हो । नगरपालीकाको जवाभारी देखि निविहवा गांउ सम्मको निर्माधीन सडकको अनुगमनको लागी पुग्नुभएका मेयर अधिकारीले नगरपालीकावाट जस्तापाता लगेर घरमा नलगाउने , घरवरीपरी फोहर गर्ने , नालीमा निर्माण साम्रागी राखेर अवरोध गर्नेहरुलाई सरसफाईमा ध्यान दिन आग्रह गर्नुभएको छ । फोहरको कारण रोगको संक्रमण वढनेभएकाले भावी सन्ततीको चिन्ता लिन परिवारलाई सुझाउनुभएको छ । नगरपालीकाले करौडौ लगानी लगाएर वनाएको पक्कि वाटो विभिन्न ठांउमा घरायसी प्रयोजनको लागी प्रयोग भएको भन्दै त्यसो नगर्न समेत आग्रह गर्नुभएको छ ।
अधिकारीले नगरपालीकाको ८० प्रतिशत र उपझोतmाको २० प्रतिशतमा करिव ५६ लाख २५ हजारमा निर्माण हुन लागेको पक्की सडकको अवलोकन समेत गर्नुभएको छ । सडकको वडा अध्यक्ष अनुपकुमार चौधरी र नगरप्रमुख नेत्रराज अधिकारीले संयुतmरुपमा अनुगमन गर्नुभएको थियो ।
गाउँघर सफा राख्न मेयर अधिकारीले दिए निर्देशन
गाउँघर सफा राख्न मेयर अधिकारीले दिए निर्देशन
Advertisement
तपाईको प्रतिक्रिया