कामना डेली, बुट्वल। मोटरसाईकल दुर्घटना हुँदा अर्घाखाँचीका एक जना युवाको ज्यान गएको छ । दुर्घटनामा परि अर्घाखाँचीको सन्धिखर्क-९ अर्घाका ३२ बर्षीय सोमनाथ पौडेलको रूपन्देहीको सालझन्डीमा ज्यान गएको छ ।अर्घाखाँची घर भई रूपन्देहीको बुटवल बेलबासमा बस्दै आएका पौडेलले चलाएको लु २० प ९३२३ नम्बरको मोटरसाइकल रोकिराखेको ना ६ ख ६१०२ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।मोटरसाइकल पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको थियो । दुर्घटनामा परि गम्भीर घाईते भएका पौडेलको अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मंगलबार मृत्यु भएको सालझण्डी प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Advertisement