राम बहादु बिश्वकर्मा, प्युठान। प्यूठानका प्रदेशसभा सदस्य एवं नेकपाका ५ नम्वर प्रदेश कमिटी सदस्य हरी प्रसाद रिजाललाइ मातृशोक परेको छ । रिजालकि ८२ वर्षिय आमा धनी रिजालको विहिवार बुट्वलमा निधन भएको हो । रिजाल दमबाट पीडित थिइन् । नौवहिनी गाउँपालिका ६ लुङ निवासी रिजालको बुटवल स्थित कृमशन अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले बताएको हो । उनको पार्थिव शरीरलाइ विहिवार दिउँसो २ बजे दाङस्थित कटुवा खोलामा अन्तिम दाहासंस्कार गरिने भएको छ । प्रदेश सभा रिजालकी आमा कान्छो छोरासँगै दाङमा बस्दै आएकी थिइन् । रिजालका चार भाइ छोरा छन् ।
Advertisement