• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

एकै दिन श्रीमान्–श्रीमतीको मृत्यु


  •   बिहिबार, कार्तिक ०७, २०७६ मा प्रकाशित
  • काठमाडाैं । उपचारका लागि लैजाँदै गरिएकी श्रीमतीको बाटैमा मृत्यु । श्रीमतीको शव बोकेर फर्कंदै गर्दा एम्बुलेन्स दुर्घटनामा परी श्रीमान्‌को पनि मृत्यु । सिरहाको कर्जानाहा–७ की ६० वर्षीया गंगियादेवी साह र उनका श्रीमान् ६८ वर्षीय शोभित साहले एकै दिन ज्यान गुमाएका हुन् ।सिरहाकै फूलकुमारी महतो मेमोरियल हस्पिटलमा स्वास्थ्य परीक्षण गर्ने क्रममा मुटुमा समस्या देखिएपछि श्रीमती गंगियादेवी र सालोका छोरा श्रीराम साहलाई लिएर सोमबार राति काठमाडौं आएका शोभितले श्रीमती त बचाउन सकेनन् नै, आफैं पनि घर फर्कन पाएनन् ।एम्बुलेन्समा काठमाडौंस्थित गंगालाल हृदयरोग केन्द्र बाँसबारी आउँदै गर्दा बाटोमै गंगियादेवीलाई व्यथाले च्याप्यो । अस्पतालसम्म पुग्नै नभ्याई उनले प्राण त्यागिन् । नाति नरेन्द्र साहका अनुसार मंगलबार बिहान २ बजे अस्पताल पुर्‍याउँदा गंगियादेवीलाई चिकित्सकले मृत घोषणा गरे । त्यतिन्जेलसम्म काठमाडौंको सिफलमा बस्ने कान्छा छोरा देवकुमार र बुहारी निलु पनि अस्पताल पुगिसकेका थिए । उनीहरू शव लिएर त्यही एम्बुलेन्समा घर फर्किने तयारीमा जुटे ।अस्पतालको प्रक्रिया पूरा गरी करिब पौने ३ बजे शोभित, श्रीराम, देवकुमार र निलु एम्बुलेन्समा सिरहाका लागि हिँडे । चाबहिलमा रोकिएर केहीबेर चिया खाए । करिब पौने ४ बजे त्यहाँबाट छुटेका उनीहरू काभ्रेभन्ज्याङस्थित प्रहरी चेकपोस्ट कटेपछि फेरि रोकिए । निलुले बान्ता गरिन् । चालकहरू रेडबुल खाने भन्दै पछाडिपट्टि लागे ।एम्बुलेन्समा दुई जना चालक थिए । धनुषाको मिथिला–७ का २६ वर्षीय देवराज श्रेष्ठले एम्बुलेन्स चलाएका थिए । त्यहाँबाट हिँडेको केहीबेरमै नमोबुद्ध–५ स्थित लासकोटमा स१च ११९१ नं. को उक्त एम्बुलेन्स दुर्घटनामा पर्‍यो । शोभित, देवकुमार, निलु, श्रीराम र दुवै चालक घाइते भए ।प्रहरी र स्थानीय बासिन्दाले तत्कालै उद्धार गरेर धुलिखेल अस्पताल पुर्‍याए । गंगियादेवीको शव पनि सँगै लगियो । घाइते सबैको अवस्था सामान्य थियो, सबैमा बाहिरी चोटपटक थियो ।शोभितका नाति (छोरीका छोरा) नरेन्द्रका अनुसार उपचारक्रममा मुटु र नसाको समस्या देखिएपछि चिकित्सकले शोभितलाई काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पताल रिफर गरे भने बाँकीको धुलिखेलमै उपचार गरिएको छ । न्युरो अस्पताल पुर्‍याइएका शोभितको मंगलबार दिउँसो मृत्यु भएको नरेन्द्रले जानकारी दिए ।निलुको मेरुदण्ड र हातमा समस्या छ । श्रीरामको खुट्टाको शल्यक्रिया गरिएको छ । सामान्य घाइते देवकुमार र दुई चालकलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

    Advertisement

    बिहिबार, कार्तिक ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation