कामना डेली,प्युठान । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ७ उपल्लोकोटको भालुकांटे स्थित जंगलमा एक ८५ बर्षीया बृद्ध मृत फेला परेका छन् । मौवाको रुखको फेदमा सडेगलेको अवस्थामा बृद्धको शब आज मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले बताएको छ। जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ५ रोटेपानी बस्ने बर्ष ८५ बर्षीया चुडामन घर्ति मृत फेला परेका हुन । गत असोज ८ गते परिवारलाई समेत थाहै नदिइ घरबाट हिँडेका घर्ती अझैसम्म पनि सम्पर्कमा नआएपछि खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला परेका थिए। मृत शब आवाश्यक प्रक्रीया पश्चात् नाती चुमाने घर्तिलाई वुझाईएको प्युठान प्रहरीले जानकारी दिएको छ।घट्नास्थल ईलाका प्रहरी कार्यालय ओखरकोटबाट २५ कि.मी. उत्तर पश्चिममा पर्छ।
Advertisement