काठमाडौँ । नेपाल प्रहरीको महानगरी प्रहरी वृत्त बौद्धबाट नक्कली नोट बनाउने मेसिनसहित एक गिरोह पक्राउ परेको छ ।महानगरी प्रहरी वृत्त बौद्धमा आएका नयाँ प्रहरी नायब उपरिक्षक (डिएसपी) रमेश बहादुर सिंहले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि सुरु गरेको अप्रेशन क्लिन वौद्ध अभियान अन्र्तगत आज सो गिरोह नक्कली नोट र मेसिनसहित पक्राउ परेका हुन् ।सोमबार बिहान ६ बजेको समयमा विशेष अप्रेशन अन्तर्गत काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा ६ नयाँ बस्ती विपुल चोकमा रहेको रोशन दवाडीको घरको दोश्रो तलमा भाडामा बस्ने पुथ्वीराज भन्ने राजन परियारसहितको टोलीलाई रगेंहात पक्राउ गरेको डिएसपी सिंहले जानकारी दिए ।सो अवसरमा विभिन्न १६ वटा नोट बनाउने सामग्रीहरु भेटिएको उनले बताउँदै सो बारेमा अहिले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।भने उनको एक्सन शैलीका कारण अपराधीहरु त्यस ठाँउ छाडेर अन्यत्रबाट अपराधीक क्रियाकलाप सक्रिय हुने भएको प्रहरीले जनाएको छ ।यसअघि ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत हुदाँ गएको पुस १३ गते डिएसपी सिंहलाई घुस दिन आएका ‘गोरु तस्कर’ हेटौंडा–४ स्थायी घर भएका अब्दुल देवान र कोहलपुर–१२ स्थायी घर भएका नवराज थापालाई घुस रकमसहित पक्राउ गरेर मुद्धा चलाएका थिए ।सो प्रशंसनीय कार्य गरेको उनी नेपाल प्रहरीबाट पुरस्कृत समेत भएका थिए । उनले विभिन्न ठाउँमा रहदाँ गरेका उत्कृष्ट कार्य गरेकै कारण स्थनीय जनताहरुलाई “नेपाली सिंघम”! को उपनाम समेत दिएका थिए ।
नक्कली नोट बनाउने गिरोह पक्राउ
नक्कली नोट बनाउने गिरोह पक्राउ
Advertisement
तपाईको प्रतिक्रिया