सागर थापा,दाङ। दाङमा जुवा खेलीरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको दाङ प्रहरिले बताएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी बिनोद बिक्रम शाहले दिएको जानकारी अनुसार तुलसीपुर उपमहानगरपालिका ६ बरुवा गाउस्थित बिरेन्द्रमान श्रेष्ठको घरमा तास खेलिरहेका अवस्थामा १० गड्डी तास र ५२ हजार ८ सय ३० रुपैयाँ सहित पक्राउ गरिएको हो।लुकिछिपी जुवा खेलिरहेको अबस्थामा पक्राउ गरिएका उनिहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याईएको जानकारी डिएसपि शाहले जानकारी दिनु भयो। पक्राउ पर्नेहरुमा तुलसिपुर उ.म.न.पा.६ बस्ने बर्ष ५० को नारायण के.सी. सोहि ठाउकैै बर्ष ४६ को ईन्द्र कुमार बुढाथोकी, बर्ष ३८ को सन्तोष के.सी., बर्ष ३८ को हेमराज अधिकारी, बर्ष ४१ को खड्क न्यौपाने, बर्ष ५५ को भिम ब.खड्का र ५ बस्ने बर्ष ५८ को चुर्ण ब.नेपाली रहेको दाङ प्रहरिले जानकारी दिएको छ ।पक्राउ परेका माथि मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवा सम्वन्धि) कसुरमा मुद्दा दर्ता भई आवश्यक कारवाही अगाडी बढाइने प्रबक्ता डिएसपी शाहको भनाई छ।
दाङबाट ७ जना जुवाडेहरु पक्राउ (शुचि सहित )
दाङबाट ७ जना जुवाडेहरु पक्राउ (शुचि सहित )

Advertisement
तपाईको प्रतिक्रिया