बस र बोलेरो जीप ठोक्किँदा एक जनाको ज्यान गयो, ९ जना घाइते

नवलपरासी । नवलपरासीमा बस र वोलेरो जीप ठोक्किदा एक जनाको ज्यान गएको छ भने नौ जना घाईते भएका छन।जिल्लाको कावासोती १६ डण्डामा बुधबार राति बस र बोलेरो जीप एकआपसमा ठोक्किँएको हो।काठमाण्डौबाट पश्चिमका लागि छुटेकोे ना ७ ख ५८१५ नम्बरको बस र लु २ च ६०७० नम्बरको केरा लोड भएको बोलेरो जीप एक आपसमा ठोक्किँदा बोलेरो जीप चालक नवलपरासी पश्चिम जमुनिया घर भएका २४ वर्षीय बलियार सुनारको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा भरतपुरमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन रानाभाटले बताउनुभयो ।दुर्घटनामा बोलेरोमा सवार एक जना र बसमा सवार ८ जना गरी ९ जना सामान्य घाइते भएको प्रहरी नायव उपरीक्षक रानाभाटले बताउनुभयो ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...