टेकबहादुर पुन,देउखुरी । दाङ्गको देउखुरीमा बिहिबार पानीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ९ बाँगेताल निवासी बर्ष १४ कि टीका घर्ती मगर र घोराही उपमहानगर पालिका वडा नम्बर १० निवासी निरु बोहराको पानीमा डुबेर मृत्यु भएको हो ।सिमलसोता खोलामा पौडी खेल्न भनी हिँडेका दुबै किशोरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिम बहादुर घर्ती मगरले जानकारी दिनुभयो । बेलुका करिब साढे ५ बजे दुई किशोरी पानीमा डुबेको खबर पाए लगत्तै अमिलिया प्रहरी घटना स्थल पुगेको थियो । लमही अस्पताल पुय्राए लगत्तै ती किशोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement