सत्यवती लघुवित्तले दियो मृतक परिवारलाई नगद

कामना डेली। कपिलवस्तु सत्यवती लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय ओदारीले आफनो मृतक ग्राहक सदस्य परिवारलाई नगद रकम दिएको छ। कपिलबस्तु शाखा ओदारीद्धारा सञ्चालित केन्द्र नम्बर ३७ बुद्ध शान्ती सत्यवती महिला केन्द्र तौलिहवामा आबद्ध मृतक सदस्य स्व. माया देवि अग्रहरीको मृत्यु दावि तथा श्रद्धाञ्जली कार्यक्रममा मृतकको श्रीमान सुन्दर केशब गुप्तालाई काजक्रीया खर्चका लागि रु तीस हजार रुपैया सहित विमा वापतको रकम रु एक लाख गरि जम्मा रकम रु एक लाख तिस हजार राहत रकम नगद हस्तान्तरण गरीएको हो । बिहिबार तौलिहवामा आयोजीत मृत्यु दावि तथा श्रद्धाञ्जली कार्याक्रममा वडा अध्यक्ष प्रकाश गैरे , संस्थाका विभागीय प्रमुख उमाकान्त मरासिनी , रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लि. शाखा कार्यालय जीतपुरका शाखा प्रमुख राम प्रसाद अधिकारीले संयुक्त रुपमा बिमित परिवारलाई रु १ लाख ३० हजार नगद हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा वडा अध्यक्ष प्रकास गैरेले सत्यवती लघुवित्त वित्तीय संस्था लिमिटेड तथा बिमा कम्पनीले पिडीत परिवारलाई आर्थिक भार सहुलियत गरेकोमा प्रशंसा गर्नुभयो। साथै बिमा जोखिम र अनिश्चिताको बहन गर्नका लागि उपरीहार्य रहेकाले सबै सदस्यहरुले आफ्नो आर्थिक अवस्था हेरी बिमा गर्नु पर्नेमा बोल्ने बक्ताहरुले जोड दिनुभएको थियो । भने कार्यक्रमको संचालन संस्थाका बिभागिय प्रमुख मदन लम्सालले गर्नु भएको थियो ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...