पेस्तोलसहित २ जना पक्राउ

काठमाडौं । प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मंगबार चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट सुनसरीको धरानका २४ वषर्ीय शैलेस तामाङ र दाङ घाराहीका २० वर्षीय उज्वल गिरीलाई पक्राउ गरेको हो ।बुटवलबाट काठमाडौं आउँदै गरेको लु१ख ९९८८ नम्बरको बस चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।उनीहरुको साथबाट एउटा कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको छ ।महानगरीय प्रहरी प्रभाग नागढुंगाले पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...